Home Featured, flash, जिल्ला समाचार मुस्लिम समुदायका लागि प्रभाबकारी कार्यक्रम :अन्सारी
Featuredflashजिल्ला समाचार

मुस्लिम समुदायका लागि प्रभाबकारी कार्यक्रम :अन्सारी

शहबाज खान/कपिलवस्तु
मुस्लीम आयोगका अध्यक्ष समिम अन्सारीले आयोगले मुस्लिम समुदायको सामाजिक , आर्थिक बिकासका लागि प्रभावकारी कार्यक्रमहरु ल्याएको बताएका छन । मुस्लिम आयोगका अध्यक्ष भए पछि मुस्लिम हक अधिकार उत्थान विकास तथा मदरसा,चिहान(कब्रस्तान)हरुको संरक्षण मुस्लिम बाल बालिकाहरुको लागि लोक सेवा तैयारी कक्षा संचालन तथा मुस्लिम महिलाहरुको लागि सिलाई कढ़ाई जस्ता कार्यक्रम एनजीओहरुको माध्यमले कक्षा संचालन गरि शिक्षीत तथा सचेत गर्ने जस्तो कार्यहरु गरेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु थप गर्ने मुस्लिम आयोगका अध्यक्ष मा.समिम मियां अन्सारीले बताए ।
अध्यक्ष अन्सारीले मुस्लिम समुदायबाट आएका सुझाव‌ सल्लाहलाई समेटेर निती निर्माण गरि रहेको बताए। मुस्लिमहरुको शिक्षामा मदरसाहरुको ठुलो योगदान रहेको कारणले शिक्षा मंत्री लाई भेटेर मदरसालाई मुल प्रबाहमा ल्याउन पटक पटक दबाव दिदै आएको उनले बताउनु भयो।मुस्लिम आयोगले वार्षिक प्रतिवेदन माध्यमले समुदायका बिभिन्न समस्या बारे समाधानको लागि सिफारीस गरि राष्ट्रपति समक्ष पेश गरे तो पनि जुन तरिकाले सदनमा मुद्दाहरु प्रति सांसदहरु लाई बहस गर्नु पर्छा त्यों तरिकाले गरेको हामी बाहिरा सुन्न पाएको छैन भन्ने गुनासो समेत जनाउनु भयो।
हामीले संविधान जारी हुनु भन्दा अंगाड़ी नै मुस्लिम समानुपातिक समावेशी सिद्धांत अनुसार आरक्षणको लागि धेरै पटक बहस आन्दोलन गर्यौ । २०७२सालको संविधानमा छुट्टै क्लस्टर कायम गरेको र ६ वर्षको अन्तरालमा हामी क्लस्टर त पायो तर दुर्भाग्य बस प्रयोग गर्ना पाएनौ कानुन पास नभएर छलफलको बिषयमा राखि ओझेलमा परेको र पटक पटक मुस्लिम आयोगको तर्फ बाट सम्बन्धित समिती,सांसद सचिवालय, प्रधानमंत्री कार्यलय र लोकसेवा आयोगलाई पत्राचार गरेर छिटो भन्दा छिटो कानुन पास गर्नाको लागि आग्रह गर्दा छिटै कानुन पास हुने आश्वासन पाएको अध्यक्ष अन्सारीले बताउनु
साथै मुस्लिम आयोगले अत्यन्त गम्भीर भएर मुस्लिम समुदायको उत्थान र विकासकों लागि मुस्लिम बाहुल प्रदेश सरकारहरु संग छलफल गरि आआफ्नो प्रदेशमा रहेका मुस्लिम समुदायका समस्यालई समाधान गर्नाको लागि आग्रह समेत गरेको वहाले जिकिर गरे।
सोमवारका दिन कपिलवस्तुको कृष्णानगर नगरपालिका ३ मा रहेको मदरसा अहले सुन्नत फैजे मुस्तफा अतिकीया लक्ष्मीनगरको आयोजनामा समाज विकासमा मदरसाहरुको भुमिका एवं भुमिका तथा सम्मान कार्यक्रम प्रमुख अतिथी मुस्लिम आयोगका अध्यक्ष मा.समिम मियां अन्सारी विशिष्ट अतिथि मुस्लिम आयोगका सदस्य मा. मिर्जा अरशद बेग,मा.महमदिन अली तथा अतिथीमा लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहुद खां नेपाली, विजयनगर गाउपालिका अध्यक्ष गोपाल थापा, राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा अब्दुल गनी अलकुफी,वडाध्यक्ष सगीर अहमद,वडाध्यक्ष जमील अहमद,डा जहीरुल खां रहेका थिए।
कार्यक्रमका विशिष्ट अतिथि मुस्लिम आयोगका सदस्य मा.मिर्जा अरशद बेगले कार्यक्रम लाई सम्बोधन गर्दै भनेकि पछाडी पडेका समुदाय शिक्षा बाट वंचित रहेका समुदायलाई कसरी मुलधारमा ल्याउनु पर्छा कसरी शिक्षीत बनाउने त्यों सोच जब सम्मा सम्बन्धित निकायमा बसेका पदाधिकारीको हुदैन तब सम्मा समस्याको समाधान हुन्न। मुस्लिम आयोग सम्बैधानिक आयोग बनि सकेपछि हामी निरन्तर समस्याहरुको समाधान खोजी सम्बन्धित निकायहरु संग छलफल गरेका छौ र छिटै बदलाव आउने वाला रहेको बेगले बताउनु भयो।
लुम्बिनी प्रदेश‌ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहुद खां‌ नेपालीले लुम्बिनी प्रदेश भित्रा रहेका मदरसाहरुको स्थिती र प्रदेश‌ सरकारले यो आ.व.को वजेट विनियोजन गर्दा मदरसाहरुको समावेशिता बारे जानकारी गराउदै मदरसा शिक्षा मुलप्रवाहिकरण तथा मुस्लिम समानुपातिक समावेशी सिद्धांत अनुसार आरक्षणको समस्यालई छिटै समाधान गरि पुर्णरुपमा व्यवहारमा ल्याउनको लागि पहल गर्ना कार्यक्रममा उपस्थित मुस्लिम आयोगका पदाधिकारीहरु संग अनुरोध गरेका थिए।
कार्यक्रमका संचालन युवा व्यापारी मिर्जा राशिद बेगले गरेका थिए।

Facebook Comments Box
Shares

Author

मोफसल खबर