Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

शिवराजमा पनि मनाइयो अन्तराष्ट्रिय महिला दिवस : विभेद अन्त्य गर्नुपर्नेमा जोड

लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले महिला माथि हुने विभेदलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । महिलाहरु विभिन्न बाहानामा हिंसामा परिरहेको बताउँदै हिंसा अन्त्य गर्दै महिला पुरुष समान हुनुपर्ने बताउनुभयो। कपिलवस्तुको शिवराज नगरपालिकाले ११२ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरेको एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
सामाजिक न्याय तथा लैगिंक समानता ः दिगो विकासको सुनिश्चितता भन्ने मुल नारा सहित आयोजित उक्त कार्यक्रममा केसीले महिलाहरु माथि अहिले पनि विभिन्न वाहानामा हिंसा हुने गरेको बताउनुभयो । ‘घरको छोरा ढिलो आउँदा केहि नभन्ने छोरी तोकिएको समयम भन्दा केहि समय ढिलो भए अनेक संका गर्ने समाजको प्रचलन छ, केसीले भन्नुभयो, ‘छोरीको तुलनामा छोराहरु धेरै विग्रेका छन् त्यसमा अभिभावकको ध्यान जान जरुरी छ, ।
संविधानले महिलाका अधिकारहरु धेरै रहेकोेले त्यसलाई व्यवहारमा उतार्न सबै लागिपर्नुपर्नेमा उहाँले जोड दिनुभयो । जनप्रतिनिधिहरुको सवालमा पनि मेयर पुरुष भए उपमेयर महिला अनिवार्य हुनुपर्ने प्रवधान रहेकोेले महिलाहरु जागरुक हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले पालिकाहरुले महिला शसक्तिकरणमा जोड दिनुपर्ने बताएका छन् । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु प्रसाद खतिवडाले समाजमा अझै पनि महिला माथि विभिन्न विभेदका घटनाहरु भइरहेको बताउनुभयो । योन हिंसा,बलत्कार,शोषण,दमन अत्याचार जस्ता घटनाहरु दिनप्रतिदिन भइरहेको भन्दै यसमा सजग हुनुपर्ने बताउनुभयो ।महिला अधिकारकर्मी मिना परियारले महिलाहरुलाई नेृत्व दिन नचाहाने तत्व समाजमा रहेकोले त्यस विरुद्ध सबै महिला एकजुट हुनुपर्ने बताउनुभयो । साना घटनाहरु महिलाहरु लुकाएर राख्ने कारणले गर्दा पनि समाजमा महिलालाई हेर्ने दृष्टिकोण फरक रहेको बताउनुभयो।
शिवराज नगरपालिका वडा १ का अध्यक्ष जगत जिसी,वडा न २ का अध्यक्ष राम बहादुर चौधरी,व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल,चन्द्रौटा उद्योग वाणिज्य संघका महासचिव दमन भाट लगाएतले महिलाहरु नेतृत्वको लागि अग्र भागमा आउनुपर्ने जोड दिएका थिए । कार्यक्रमका अध्यक्ष शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले हक अधिकारको लागि लड्नुपर्ने भन्दै यसमा आफु नगरका सबै महिलाहरुको साथमा रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma