Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

संस्कृत विश्वविद्यालय नवीन शैली र सोचका साथ अघि बढ्नुपर्छ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संस्कृत विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभएको छ । नेपाल संस्कृत विश्वविद्यालयको ७४औं सभालाई सम्बोधन गर्दै उहाँले विकशित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धीलाई आत्मसाथ गर्दै र आफ्नो हितमा तीनको सार्थक उपयोग गर्दै अगाडी बढ्नुपर्ने बताउनुभएको हो ।
‘शिक्षा क्षेत्रलाई कोरोनाले महत्पूर्ण पाठ सिकाएको छ’ मन्त्री पौडेलले भन्नुभयो, ‘यो महाव्याधिबाट हामीलाई शिक्षाको परम्परागत शैली र संरचनालाई पुनसंरचित गर्नुपर्ने साथै अध्ययन अध्यापनका नवीन विकल्पहरु खोज्दै जानुपर्ने आवश्यकताबोध भएको छ ।’


मौलिक स्वास्थ्य पद्धतिका रुपमा रहेका आयुर्वेद, योगविज्ञान र प्राकृतिक चिकित्साका साथै जनजातीय समुदायमा पाइने शारिरीक एवम् मानसीक स्वास्थ्यसँग सम्बन्धित तर लुप्त हुन लागेका अनेकौं अन्तज्र्ञानहरुको खोज, अनुसन्धान र संरक्षणका लागि विश्वविद्यालय क्रियाशील रहनुपर्ने बताउनुभयो ।
२०२४ मा अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन आयोजन गर्ने संस्कृत विश्वविद्यालयको प्रयास सराहनीय रहेको भन्दै मन्त्रालय सकारात्मक रहेको बताउनुभयो ।


शिक्षा जति गुणस्तरीय, प्रयोगमुखी, वैज्ञानिक र उन्नत हुन्छ, देशको स्तर र समाजको चिन्तन पनि त्यत्तिकै उच्च हुन्छ,’मन्त्री पौडेलले भन्नुभयो, ‘ शिक्षाले व्यीक्तको सर्वतोमुखी विकास गरी क्षमतायुक्त, प्रतिस्पर्धी, स्वावलम्बी र उत्पादनमुलक जनशक्ति तयार गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma