Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

आजबाट कपिलवस्तु सहित १० जिल्लामा हात्तिपाइलेविरुद्धको औषधि खुवाइँदै

कपिलवस्तु – सरकारले आजदेखि १० जिल्लामा हात्तिपाइलेविरुद्वको औषधि खुवाउँदै छ ।देशभरका १० जिल्लामा हात्तिपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक डा.चुमनलाल दासका अनुसार आज तोकिएको बुथमा औषधि खुवाइने छ भने अन्य दिन घरघरमै गएर औषधि खुवाउने कार्यक्रम रहेको छ । उहाँले हात्तिपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउने कार्यक्रम तय भएको सीआईएनसँग बताउनुभयो ।

सरकारले सन् २००३ देखि आम औषधि वितरण कार्यक्रम सुरु गरेसँगै जोखिम कम हुँदै गएको छ । झापा,बारा,लमजुङ,पर्वत,बागलुङ,मोरङ,कपिलवस्तु,दाङ,बाँके र कैलाली जिल्लामा हात्तिपाइलेविरुद्वको औषधि खुवाउन लागिएको हो ।

झापा,बारा,लमजुङ,पर्वत,बागलुङमा हात्तिपाइले रोगविरुद्ध यसअघि प्रयोग भइरहेका औषधिहरू डाइथाइलकार्बामाजिन र एमजी खुवाइने छ भने मोरङ,कपिलवस्तु,दाङ,बाँके र कैलालीमा त्यहि औषधिसँगै आइभरमेक्टिन नामक औषधि पनि खुवाइने कार्यक्रम रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma