Home समाचार कपिलवस्तुमा वडा अध्यक्ष सहित सात सय वढि कांग्रेसमा प्रवेश
समाचार

कपिलवस्तुमा वडा अध्यक्ष सहित सात सय वढि कांग्रेसमा प्रवेश

पालिका निर्वाचनको मिति नजिकदै गर्दा कपिलवस्तुमा कांग्रेस प्रबेश प्रबेश गर्नेको लहर नै चलेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले घर घर जाऔ कांग्रेसलाई जिताउ भन्ने अभियान चलाएसंगै अन्य पार्टी त्यागेर कांग्रेसमा आउनेको चलहर नै चलेको हो । यसैक्रममा कांग्रेसले निर्वाचन क्षेत्र नम्बर १ को ख मा राखेको आभ सभा र पार्टी प्रबेश कार्यक्रममा सुद्धोदन गाउपालिका वडा नम्बर ३ का अध्यक्ष मैमुद्दीन मुसलमानले राप्रपा त्यागेर कांग्रेसमा प्रबेश गरेक हुन । यस्तै सोही वडा वडासदस्य शिवशंकर चौधरी, रिता पासी, वडा नम्बर २ का वडासदस्य मायाराम यादव, मायादेबी गाउपालिका– ४ की वडासदस्य ज्ञानमति पासी लगायत ७ सय ३४ जना कांग्रेसमा प्रबेश गरेको कांग्रेस नेता राजेश सिंहले बताए । नव नबप्रबेशीहरुलाई कांग्रेस लु्म्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य, कांग्रेस नेता दीप कुमार उपाध्याय, जिल्ला अध्यक्ष अब्दुल कलाम खा, नेता राजेशे आचार्य लगायतको टोलीले फुलमाला, टीका, गम्छा र पार्टीको सदस्यता प्रदान गरेका थिए । सो अवसरमा महामन्त्री आचार्यले स्थानीत तहको निर्वाचनको मिति घोषणासंगै कांग्रेस प्रति फेरी जनताको बिश्वास बढदैे बताए । उनले लोकतन्त्र र प्रजातन्त्र स्थापनाकालागि लामाें संघर्ष गरेका पार्टीले नै देशमा बिकास,रोजगारी दिगो शान्ति ल्याउने भएकाले आम जनताहरु कांग्रेस प्रति बिश्वास गरेको बताए । उनले कांग्रेसले जे बोल्छ त्यो गर्छ भन्ने कुरा पटक पटक प्रमाणित गरी सकेकोले भ्रममा नपरी कांग्रेसलाई जिताउन उनले आग्रह गरे । उनले पालिको निर्वाचनमा लोकप्रियता, कामको मुल्यांकन तथा वडा र गाउसबस्तीबाट आउने नाम कै आधारमा टिकट बितरण गरिने बताए । नेता उपाध्यायले गुटगत राजनीति त्यागेर कांग्रेस एकबद्ध भएर जानु पर्ने बताए । उनले एक अर्काप्रतिको रिस राग त्यागेर पालिकाको निर्वाचनमा कांग्रेस एक भएर गए भने १० वटै पालिकामा कांग्रेसको जित सुनिश्चित भएको बताए । उनले कांग्रेस नेता कार्यकर्ताहरुले आम जनताको मन जित्ने काम गर्नु पर्ने बताए । राप्रपा त्यागेर कांग्रैस प्रबेश गरका वडाध्यक्ष मैमुद्दीन मुसलमानले राष्ट्रिता प्रजातन्त्र र लोकतन्त्र स्थापनामा कांग्रेसको अहम भुमिका भएको र देश विकास कांग्रेस कै नेतृत्वमा भएकाले आफु कांगैसमा प्रबेश गरेको बताए । कांग्रेस प्रदेश २ ख का अध्यक्ष वलीउद्दीन मुसलमानको अध्यक्षता र बिरेन्द्र शुक्लाको संचालनमा भएको कार्यक्रममा पार्टी जिल्ला सभापति अब्दृल कलाम , नेता राजेशे आचार्य, कलेश कुमार शर्मा, क्षेत्रीय अध्यक्ष अब्दुल मन्नान खा, लोकनाथ शर्मा, शोहरत तेली, सुमित्रा शर्मा, बिशंभर कुर्मी, शैलेन्द्र दुबे, राम अषिष पाण्डेय, महेन्द्र पाठक, चर्तुभुजमणि त्रिपाठी लगायतले पालिकाको निर्वाचनमा कांग्रेसलाई बलिया हुने किसिमका क्रियाकलापहरु संचालन गर्नु पर्ने सुझाव दिएका थिए ।

Facebook Comments Box
Shares

Author

मोफसल खबर