Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

स्थानीय सरकार भन्न आपत्ति छैन : प्रधानमन्त्री

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई सरकार भन्न कुनै आपत्ति नभएको बताउनु भएको छ ।नेपाल नगरपालिका संघको २९औं बार्षिक उत्सबमा आयोजित कार्यक्रममा सबै पार्टीको सहमति जुटाएर आवश्यक कानुनी संशोधन समेत गर्ने बताउनु भयो ।

प्राधनमन्त्री देउवाभन्दा अगाडि बोलेका बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय सरकार भन्न हिचकिचाहट देखिएका बताउनु भएको थियो ।

उहाँको नाम नलिई देउवाले भन्नु भयो , ‘स्थानीय तहलाई सरकार भन्न कुनै आपत्ति छैन । महत्वपूर्ण कुरा काम हो । जनताको प्रत्यष सम्पर्कमा रहने ठाउँ हो, जनताको दुःख तक्लिफ हटाउने काम गर्नुस । तह हटाउन केही छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma