Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव पेश

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव पेश भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजी कै बीच नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले महाअभियोग प्रस्ताव पेश गर्नुभएको हो । उहाँले महाभियोग प्रस्ताव पेश गर्दै २१ आधार प्रस्तुत गर्नुभएको छ

। गुरुङले प्रधानन्यायाधीश जबराले संविधान, कानुन र न्यायिक मूल्य मान्यताविरुद्ध काम गरेको, उहाँको न्यायिक आचरण र कार्यक्षमताका अभाव देखिएको बताउनुभयो । न्यायालयको समस्या न्यायालयबाटै निकास होस् भन्ने धेरैको अपेक्षा भए पनि निकास ननिस्केपछि संसदमा आएको उहाँको भनाइ छ ।

प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनुपर्ने पर्याप्त कारण भएको पनि उहाँले बताउनुभयो । गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्ताव आज संसद बैठकमा पेश भएको हो । सभामुख अग्नीप्रसाद सापकोटाले महाअभियोग प्रस्तावमाथि आगामी वैठकमा छलफल गर्ने बताउनुभयो । अर्को बैठक आउँदो बुधबारका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma