Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

बालमजदुरलाई वैकल्पिक शिक्षा दिनुपर्नेमा जोड

माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा

कपिलवस्तुको शिवराज नगरपालिका भित्र रहेका वालमजदुरहरुलाई वैकल्पिक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिइएको छ । आइतवार ईट्टा उद्योगमा गरिएको अनुगमनमा वालश्रमीकहरु फेला परेकोले उनीहरुलाई अनौपचारीक शिक्षा भएपनि प्रदान गर्नुपर्ने बताइएको छ । दलित मानव अधिकार निगरानी समितिको आयोजनामा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारु सहितको अनुगमन टोलीले नेपाली बालवालिका भन्दा भारतीय बालवालिकाहरु धेरै रहेकोले उनीहरुलाई पनि शिक्षा वाट बन्चित गर्न नहुने बताउनुभयो ।


अनुगमनमा शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख लोकराज पन्थिले विद्यालय शिक्षा असहज भएमा विभिन्न संघ संस्था सग सहकार्य गरि वैकल्पिक शिकाइ वाट बालवालिकालाई शिक्षण प्रदान गर्नुपर्ने बताउनुभयो । परिवार सहितको बसोवास रहने र बुवाआमालाइ सहयोग गर्ने भन्दै बालवालिकाहरु श्रमिकको रुपमा काम गरिरहेको पाइएकोले ती बालवालिकाहरु शिक्षाको पहुचमा लैजानुपर्ने बताउनुभयो । नगरले वैकल्पिक सिकाई योजना अघि सार्ने र त्यसमा उद्योगीहरु,संघसस्थाहरु सहकार्य हुने बताउनुभयो ।
किडार्क नेपालका जिल्ला संयोजक कृष्ण रावलले बालवालिका अभिभावकहरु सचेत हुनुपर्ने बताउनुभयो । बालवालिकाहरु शिक्षण दिनुपर्ने भन्दै विद्यालय शिक्षा सम्भव नभएमा वैकल्पिक सिकाई वाट भएपनि शिक्षा प्रदान गर्नपर्ने जोड दिनुभयो । ईटा उद्योगमा कार्यरत बालवालिकाहरु तथ्याङ संकलन भएकोले अब ती वालवालिकाहरुलाई के गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मिना परियारले बताउनुभयो । शिवराज,महारागंज र बुद्धभुमि नगर क्षेत्रमा उद्योगहरु अनुगमन गरि तथ्याङक संकलन गरिएको परियारले बताउनुभयो । अनुगमनमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma