Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

कपिलवस्तुमा कांग्रेसको ‘ घर घर जाऔ कांग्रेस जिताउ ’ अभियान सुरु

कपिलवस्तु


स्थानीय पालिकाको निर्वाचन र एमसिसि बारे रहेको भ्रम चिर्नकालागि कांग्रेस कपिलवस्तुले तौलिहवाको भिक्षु चोकबाट ‘ घर घर जाऔ कांग्रेस जिताउ ’ अभियान सुभारम्भ गरेको छ । कांग्रेस कपिलवस्तुले एक महिने अभियानको सुभारम्भ गरेको हो । अभियान बैशाख २९ सम्म चल्नेछ ।
अभियान सफल बनाउन केन्द्रबाट खटिएका कांग्रेसका केन्द्रिय सदस्य अब्द्ुल रज्जाकले आउने बैशाख ३० गते हुने पालिको निर्वाचनमा कांग्रेसको महुमत आउने दाबी गरेका छन । आउने निर्वाचनमा कांग्रेसलाई बलिया बनाउन सबै एकबद्ध हुनु पर्ने बताए । उनले दुई तिहाको ओली नेतृत्वको सरकारले गरेको असंबैधानिक काम र भ्रष्ट्राचारमा देश डुब्न लागे पछि कांग्रेसले संबिधानको रक्षाकालागि सरकारको नेतृत्व लिएको बताए ।


जनताको अधिकार रक्षाकालागि कांग्रेस सरकारमा गएको हो, कांग्रेसले नै देशलाई बचाउछ भन्ने जनताालई बुझाउन जरुरी छ ’ उनले भने । उनले एमसिसि बारे जनतामा रहेको भ्रम चिर्न र कांग्रेसले गरेका राम्रा कामहरुको प्रचार र ओली नेतृत्वले गरको भ्रष्ट्रारका काम बारे जनतालाई अवगत गराउनु पर्ने बताए । सो अवसरमा लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्र आचार्यले टिकटका बिषयमा पार्टीलाई बिवादमा ल्याउने काम कसैले गर्न हुने बताए ।
उनले राम्रो उम्मेदवारलाई छान्ने बिषयमा आफनो प्रतिबेदनमा नाम उल्लेख गर्न आग्रह गरे । जनतामा एमसिसि बारे रहेको गलत प्रचारको सही जवाफ दिनु पर्ने बताए । ‘ कम्युनिष्टहरुले एमसिसिलाई सत्तामा जाने भर्याङकारुपमा प्रयोग गरे, तिनीहरुले पनि एमसिसि पास गर्न समर्थन गरे यो कुरा जनतलाई बुझाउनु पर्छ ’ उनले भने । सो अवसरमा कांग्रेस नेता दीप कुमार उपाध्ययाले पालिकाको निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन कांग्रेस कार्यकर्तामा उत्साहको पुर्नजागतरण गराउनु पर्ने बताए । कांग्रेसल जित्यो भने देश जित्छ हारे भने देशले नै हाछै यो कुरा जनताालई राम्ररी बुझाउन जरुरी रहेको उनले बताए ।

कांग्रेस एकबद्ध र एक ढिक्का भए कांग्रेसलाइए कसैले हराउन नसक्ने बताए । कार्यक्रममा नेता राजेश आचार्यले संबिधानको रक्षा, स्थायी शान्ति र भ्रष्ट्रार नियन्त्रण लगायतका बिषयमा बस्तुमा कांग्रेसलाई गहन जिम्मेवारी आएको बताए । पार्टी जिल्ला सभापति अब्दुल कलामको अध्यक्षता सचिव शक्तिसिंह ठकुरीको संचालनमा भएको कार्यक्रममा प्रदेश सदस्य माला गोतामे लगायतले मन्तब्य दिएका थिए । कार्यक्रममा सांसद अभिषेक प्रताप शाह, अब्दुल मन्नान खा, वलीउद्दीन मुसलमान लगायतको सहभागीता थियो । कार्यक्रम पछि अभियानका बिषयमा पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको थियो । पार्टी प्रबक्ता ईश्वरीप पाण्डेयले एक महिना सुम्म चल्ने अभियानमा ९६ वटै वडामा पार्टी प्रतिनिधिहरु खटिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma