Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

रुपान्तरण सहजकर्ताहरुकालागि ८ दिने प्रशिक्षक प्रशिक्षण तालिम

कपिलवस्तु –‘ सामाजिक न्याय र लैङेगीक समानता दिगो विकासको सुनिश्चितताकालागि संचालित रुपान्तरण सहजकर्ताहरुकालागि ८ दिने प्रशिक्षक प्रशिक्षण तालिम तौलिहवामा संपन्न गरिएको छ । युएनएफपिए र भिएसओको सहयोगमा माहुरी होम नामक संस्थाले जिल्लाको ५ पालिकामा संचालन गरिने रुपान्तरण कक्षाकालागि सो तालिम संचालन गरिएको हो ।

सो अवसरमा जिल्ला समन्वय समितिका उप प्रमुख तारावती चौधरीले बाल बिवाह लैगकि हिंसा न्युनीकरण लागतयका समस्याहरु उजागर गर्न यो कक्षा निकै प्रभावकारी हुने बताईन । उनले यस्ता सामाजिक समस्याहरुको सवालकालागि गैर सरकारी संस्थाको मात्र मुख ताक्नु नहुने उनले बताईन । ‘ हामीले जिल्लाका सामाजिक समस्याकालागि गैर सरकारी संस्थाको मात्र भर पर्दै आएका हौ,

यो राम्रो हाईन, सबै पालिका नै यो बिषयमा संबेदनशील हुनु पर्छ ’ उनले भनिन । यस्तै सो अवसरमा कपिलवस्तु नगरपालिकाकी उप मेयर लक्ष्मी गुप्ताले बाल बिवाह लगातयका समस्याहरुको अन्त्य गर्न गाउ गाउमा यस्ता कक्ष संचालन गर्नु पर्ने बताईन । उनले आफनो पालिकाले समेत यस बिषयमा आगमी दिनहरुमा बजेट बिनियोजन गर्ने उनले बताईन । सो अवसरमा शिक्षा तथा समन्वय ईकाईका प्रमुख थानेश्वर घिमिरेले समाजमा यो कार्यक्रम जरुरी रहेको बताए ।

उनले समाजिक बिकृति बिरुद्ध गरने हरेक जनचेतनामुलक कार्यक्रम राम्रो भएको भन्दै उनले योसंगै आर्थिक अवस्था उकास्ने खालका कार्यक्रम समेत समाबेश गर्नु पर्ने बताए ।

माहरी होमका अध्यक्ष प्रेम जयसवालको अध्यक्षता, कार्यक्रम संयोजक रिखिराम निगमको संचालनमा भएको कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर २ का अध्यक्ष रामभजन कलवार ३ का अध्यक्ष प्रकाश गैरे, ४ का अध्यक्ष रबिन्द्र तिवारी, महराजगंज नगरपालिका वडा नम्बर ४ का अध्यक्ष सुशील कुमार चौधरी, वडाध्यक्ष मनोज कुमार यादव, महराजजंज ९का अध्यक्ष उदयराज चौधरी, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, गैससका जिल्ला अध्यक्ष प्रवीण कुमार श्रीवास्तव, युएनएफपिएका संयोजक चित्र महतो लागतयको सहभागीता थियो । जिल्लाको कपिलवस्तु महराजगंज शिवराज, नगरपालिका र सुद्धोदन र बिजयनगर गाउपालिकामा एक बर्षे कक्षा संचालन हुनेछ । तालिमा सहभागी भएका २५ सहजकर्ताहरुलाई सुसमा आचार्य र सुसमा शर्माले सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma