Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

प्रदेशस्तरीय मेडिकल कलेज खोल्न सरकारको सैद्धान्तिक सहमति


काठमाडौँ – सरकारले सातै प्रदेशमा प्रदेशस्तरीय मेडिकल कलेज खोल्न सैद्धान्तिक सहमति दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा हिजोको मन्त्रिपरिषद् बैठकले यस्तो निणर्य गरेको हो ।

सङ्घीय संरचनाअनुरूप केन्द्र र प्रदेश तहमा प्रत्येक नागरिकले सहज रूपमा गुणस्तरीय सेवा प्राप्त गर्न सक्ने व्यवस्था सुनिश्चित गर्ने उद्देश्यले सातै प्रदेशमा मेडिकल कलेज स्थापना तथा सञ्चालनको प्रक्रिया अघि बढाउन शिक्षा मन्त्रालयले प्रस्ताव अघि बढाएको थियो ।

स्वास्थ्य सेवाको वितरणमा प्रादेशिक सन्तुलन कायम गर्न प्रदेशगत रूपमा कम्तिमा एक मुख्य मेडिकल कलेज वा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सरकारले सहमति दिएको शिक्षामन्त्री देवेन्द्र पौडेलले सीआईएनसँग बताउनुभयो ।

अब थप छलफलपछि प्रक्रिया अघि बढ्ने मन्त्री पौडेलले जानकारी दिनुभयो । ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने प्रस्ताव पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवासहित सबै मन्त्रीले अङ्गदान गर्ने निणर्य गरेको छ भने ५० वर्षभन्दा माथि उमेरका नागरिकको मिर्गौला, कलेजो, मुटुलगायत रोगको वर्षमा एकपटक निःशुल्क परीक्षण गर्ने निणर्य पनि सरकारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma