Home समाचार साउदीका विदेश मन्त्री र परराष्ट्र मन्त्रीबीच भेटवार्ता हुँदै
समाचार

साउदीका विदेश मन्त्री र परराष्ट्र मन्त्रीबीच भेटवार्ता हुँदै

काठमाडौ- नेपालको दुई दिने भ्रमणमा रहेका साउदी अरबका विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउद र परराष्ट्रमन्त्री डा। नारायण खड्काबीच आज भेटवार्ता हुँदैछ ।

सिंहदरबारमा रहेको परराष्ट्र मन्त्रालयमा बिहान सवा ९ बजे भेटवार्ताको कार्यक्रम छ । भेटवार्तापछि दुई देशबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी छ।

सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्नेछ । साउदी अरब नेपाली श्रमिकको प्रमुख गन्तव्य देश हो । कामका सिलसिलामा झण्डै चार लाख नेपाली साउदी अरबमा छन् ।

२३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिने औपचारिक भ्रमणमा हिजो काठमाण्डौ आएका विदेशमन्त्री राजकुमार फैसलले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासित शिष्टाचार भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुई दिने नेपाल भ्रमणका लागि हिजो काठमाण्डौ आएका उहाँ बेलुका स्वदेश फर्किँदै हुनुहुन्छ ।

Facebook Comments Box
Shares

Author

मोफसल खबर