Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, आज रातिबाट नयाँ मूल्यदर लागू हुने

पेट्रोलियम पदार्थको मूल्य फेरिर बढ्ने भएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्य तोकेर सूची पठाएको छ । आईओसीबाट प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ।

आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १ सय ८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १ सय ६९ रुपैयाँ ४४ पैसा, मट्टितेल प्रतिलिटर १ सय १३ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १ सय ३१ रुपैयाँ ९४ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर १ सय १४ रुपैयाँ ५१ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर दुई हजार २ सय ४० रुपैयाँ ३४ पैसा पुगेको निगमले जनाएको छ ।

निगमले बढेर आएको नयाँ मूल्यदर आज रातिबाट लागू हुने पनि बताएको छ । पेट्रोलियम पदार्थको बिक्रीबाट चैत महिनामा मात्रै १० अर्ब ६१ करोड नोक्सानी हुने निगमको प्रक्षेपण छ । निमगलाई मार्च १६ देखि ३१ सम्म पेट्रोलियम बिक्रीबाट ५ अर्ब ३० करोड ९८ लाख घाटा हुने बताइएको छ ।

सो अवधिमा पेट्रोलको बिक्रीबाट १ अर्ब ७ करोड ९८ लाख, डिजेलको बिक्रीबाट ३ अर्ब १६ करोड ७२ लाख र एलपी ग्यासको बिक्रीबाट १ अर्ब २६ करोड ३७ लाख नोक्सानी हुने अनुमान गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । उहाँले निगमलाई मट्टितेल र हवाई इन्धनको बिक्रीबाट सामान्य नाफा हुने पनि बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma