Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

चर्चित गीत ‘पिर’बाट हटाइयो ‘यौनकर्मी’ को दृश्य

काठमाडौँ – माओवादी लडाकुको विषय समावेश गरी गायक प्रकाश सपुतले निर्माण गरेको भिडियो गीतबाट यौनकर्मीको दृश्य हटाइएको छ ।

गायक सपूतले पिर नामक गीतको भिडियोबाट यौनकर्मीको दृश्य हटाएका हुन् । गत साता सार्वजनिक भएको यो गीत निकै चर्चामा रहेको छ ।

गीतमा माओवादीका पूर्वलडाकु यौनकर्मी बनेको कथावस्तु समावेश भएपछि नेकपा माओवादी केन्द्रसम्बद्ध नेता तथा कार्यकर्ताहरूले यो भिडियो युट्युबबाट हटाउन गायक सपुतलाई चेतावनी दिँदै आएका थिए ।

गीतमा माओवादी जनयुद्धमा सहभागी महिलाले यौन व्यवसाय गरेको आशय देखिने एउटा दृश्य समावेश थियो ।

आलोचना भएपछि शनिबार गायक सपूतले यो गीतको अर्को भिडियो अपलोड गरेका छन् । जसमा पुरानो भिडियोमा रहेको यौन व्यवसाय झल्किने दृश्य हटाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma