Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

कपिलवस्तुमा घर घर जाऔं ,कांग्रेस जिताऔं अभियानमा तिव्रता, शिवराजमा को को खटिए ।।

कृष्ण गैरे ,०६ कपिलवस्तु
नेपाली कांग्रेस कपिलवस्तुले घर घर जाऔं कांग्रेस जिताऔं अभियानलाई तिव्रता दिएको छ । जिल्लाका १० ओटै स्थानीय तहरुमा कांग्रेसले आफनो अभियानको सुरुवात गरेको जनाएको छ । जिल्लाका प्रत्येक वडाहरुमा कांग्रेसले अभियानलाई प्रभावकारी वनाउनको लागी प्रतिनिधिहरु खटाएको जिल्ला सचिव प्रेम वहादुर रायमाझीले वताउनुभएको छ । प्रतिनिधिहरुले आफु खटिएको ठांउमा पुगेर अभियान सुरुवात गरिरहेको सचिव रायमाझीले वताउनुभयो ।
यता शिवराज नगरपालीकाका विभिन्न वडाहरुमा चैत १ गते देखि नै अभियानको सुरुवात गरिएको नगर सभापति मधुसुदन पोखरेलले जानकारी दिनुभएको छ । शिवराज नगरपालीकाको ११ ओटै वडाहरुमा अभियानको क्रमीक रुपमा सुरुवात भएको सभापति पोखरेलले वताउनुभएको छ । शिवराजमा अभियानको सफलताको लागी खटिएका जिल्ला प्रतिनिधिहरुले काम सुरुवात गरिसकेको वताएका छन ।
शिवराजको वडा न १,२ मा केशव पाण्डे र लक्ष्मी चौधरीलाई कांग्रेसले खटाएको छ । वडा न ३,४ का लागी ईश्वरी प्रसाद पाण्डे , जमसेर अली मिंया र गोमा पाण्डे , वडा न ५ मा सन्तोष निरौला , नारायण प्रसाद पौडेल , संकर मल्ल , वडा न ६ मा कमल केशि वडा न ७,८ मा पुजारी प्रसाद चौधरी र विनोद नेपाल वडा न ९ मा तारा प्रसाद पौडेल वडा न १० मा अजय थापा ,सुशिला वेल्वासे र वडा न ११ मा कृष्ण पौडेललाई खटाईएको कांग्रेसले वताएको छ ।
शिवराज नगरपालीकाको वडा न ५,र ३ मा कांग्रेसले आज आईतवारवाट अभियानको सुभारम्भ गरेको छ । वडा न ९ मा सनिवारवाट अभियानको थालनी गरिएको वडा सभापति हरि श्रेष्ठले जानकारी दिनुभएको छ । वडा न ५ का विभिन्न गांउमा पुगेर घर घर जाऔं कांग्रेस जिताऔं अभियानको वारेमा मतदातालाई जानकारी गराएको वताईएको छ ।
अभियानको उदघाटन पछि जिल्ला उपसभापति हुमाकान्त खनालले कांग्रेसको अभियानले जिल्लाभर उत्साह थपिएको वताउनुभएको छ । जिल्लाका प्रत्येक वडा वडामा घर घर जाऔं कांग्रेस जिताऔ अभियान प्रभावकारी तरिकाले संचालन भएको वताउनुभएको हो । वडा न ५ को अभियानमा उपसभापति खनाल , जिल्ला सदस्यहरु केशव पाण्डे , हरिप्रसाद पोखरेल लगाएतले साथ दिनुभएको थियो । वडा न ३ मा पनि अभियानको सुरुवात गरिएको युवा नेता राजु खरालले जानकारी दिनुभएको छ । नेता खरालले वडा न ३ का प्रत्येक टोल टोलमा अभियान लिएर पुग्ने वताउनुभएको छ । अभियानमा जिल्ला प्रतिनिधि जमसेर अली मिंया र गोमा पाण्डे सरिक हुनुहुन्छ । वडा न १० मा पनि अभियानको सुरुवात गरिएको छ । वडा न १० मा युवा नेता अजय थापा खटिएको वताईएको छ । कांग्रेसको यो अभियान चैत २९ गते सम्म संचालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma