Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

स्थानीय तहको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्छ ः केन्द्रिय सदस्य रज्जाक ।।


नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधि अब्दुल रज्जाकले आगामि स्थानीय तहको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन । ‘ घर घर जाऔ कांग्रेस जिताउ ’ अभियानमा कपिलवस्तुमा खटिएका रज्जाकले दुई तिहाइको ओली नेतृत्वको सरकारले गरेको असंबैधानिक काम र भ्रष्ट्राचारमा देश डुब्न लागे पछि कांग्रेसले संबिधानको रक्षाकालागि सरकारको नेतृत्व लिएको बताए ।

‘ जनताको अधिकार रक्षाकालागि कांग्रेस सरकारमा गएको हो, कांग्रेसले नै देशलाई बचाउछ भन्ने जनताालई बुझाउन जरुरी छ ’ उनले भने । उनले एमसिसि बारे जनतामा रहेको भ्रम चिर्न र कांग्रेसले गरेका राम्रा कामहरुको प्रचार र ओली नेतृत्वले गरको भ्रस्टाचारको जनतालाई अवगत गराउनु पर्ने बताए । सो अवसरमा लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्यले कांग्रेस एकबद्ध भए कसैले हराउन नसक्ने बताए । उनले टिकटका बिषयमा पार्टीलाई बिवादमा ल्याउने काम कसैले गर्न हुने बताए । उनले राम्रो उम्मेदवारलाई छान्ने बिषयमा आफनो प्रतिबेदनमा नाम उल्लेख गर्न आग्रह गरे । जनतामा एमसिसि बारे रहेको गलत प्रचारको सही जवाफ दिनु पर्ने बताए ।

‘ कम्युनिष्टहरुले एमसिसिलाई सत्तामा जाने भर्याङकारुपमा प्रयोग गरे, तिनीहरुले पनि एमसिसि पास गर्न समर्थन गरे यो कुरा जनतलाई बुझाउनु पर्छ ’ उनले भने । बैठकले वडामा टोल समिति गठनमा तीब्रता दिनु पर्ने, नगर र गाउ पालिका समितका सभापति सग जिल्ला र प्रदेशबाट खटिएका प्रतिनिधिहरुसंग समन्वय गरी बैठक भेला गराउन् पर्ने र घर घर जाउ कांग्रेस जिताउ आभियानलाई तीब्रता दिनु पर्ने र एमसिसि बारे रहेको भ्रम चिर्ने किसिमले कार्यक्रम संचालन गर्नु पर्ने निर्णय भएको पार्टीका जिल्ला प्रबक्ता ईश्वरी प्रसाद पाण्डेयले बताए ।

पार्टीका जिल्ला उपसभापति हुमकान्त खनालको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका पुर्व केन्द्रिय सदस्य अतहर कमाल, पार्टीका पुर्व जिल्ला सभापति राजेश आचार्य, पार्टीका प्रदेश सदस्यहरु, क्षेत्रीय सभापतिहरु, प्रदेश सभापतिहरु, जिल्ला समितिका पदाधिकारी र सदस्यका साथै नगर /गाउँ सभापतिहरुको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma