Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

रास्ट्रीय जनमोर्चाको अध्यक्षमा वाग्ले

माधब भाट क्षेत्री
कपिलवस्तु , ८  चैत्र ।

रास्ट्रीय जनमोर्चा जिल्ला समन्वय समिति कपिलवस्तुको प्रथम भेला जिल्लाको चार नम्बरमा सम्पन्न भएको छ । भेलाले हिमलाल वाग्लेको अध्यक्षतामा ९ सदस्यीय रास्ट्रीय जनमोर्चा जिल्ला समन्वय समिति कपिलवस्तु गठन गरेको छ । समितिको उपाध्यक्षमा बि शंकर पराजुली , सचिवमा कमल खड्का , कोसाध्यक्षमा घनश्याम पोख्रेल, सह-सचिव बिमला श्रेष्ठ त्यसैगरी सदस्यहरुमा रामु पौडेल, भिम बहादुर राहाडि रहेका छन् ।

भेलालाइ सम्बोधन गर्दै समन्वयका केन्द्रिय प्रतिनिधि कामरेड दिपक पौडेलले पार्टिको आठौ महाधिवेशनले दक्षिणपन्थी कार्यदिशा निर्धारण गरि बर्तमान भ्रष्ट संसदीय व्यस्थाको हिस्सेदार बनेर क्रान्तिकारी बिचारहरुलाई त्याग्दै गयको हुनाले दक्षिणपन्थी सम्सोधनाबादका बिरुद्ध सम्झौताहीन संघर्ष गर्नुपर्ने आवश्यक्त्तामा जोड दिनु भयो ।

साथै अहिलेको गठबन्धनमा समेल हुनु वा सरकारको समर्थन गर्नुले बैचारिक विचलन भयको दावी गर्नु भयो । पार्टीको गलत नीतिका कारण रास्ट्रीय जनमोर्चाको पुन: गठन गर्नु परेको बताउनु भयो । कार्यक्रममा प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष माधव भाट क्षेत्री, रास्ट्रीय जनमोर्चा केन्द्रिय समन्वय समितिका केन्द्रिय सदस्य कमल खड्का लगायतले शुभकामना दिनुभयको कार्यक्रम हिमलाल वाग्लेको अध्यक्षता , बि शंकर पराजुलीको संचालनमा सम्पन्न भयको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma