Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शिवराज १० मा ८९ महिलालाई पाैष्टिक आहार वितरण

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिकाको १० नम्बर वडा कार्यालय लालपुरले ८९ महिलालाई पौष्टिक आहार वितरण गरेको छ । मंगलबार वडा अध्यक्ष मञ्जु मिश्रले ६ महिनाको सुत्केरी र नियमित गर्भवती जाँच गराएकी महिलाहरुलाई पौष्टिक आहार प्रदान गरिएको बताउनुभयो । उहाँले महिलाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै वडाभित्रका सम्पूर्ण सुत्केरी तथा गर्भवती महिलालाई १ किलो च्यावनपराससहित ३ प्याकेट काजुबदाम वितरण गरिएको जानकारी दिनुभयो।

वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष मञ्जु मिश्रले सुत्केरी र गर्भवती महिलाहरूको अवस्था कमजोर हुने भएकोले पौष्टिक आहार आवश्यक रहेको बताउनुभयो । ग्रामीण भेगका महिलाहरुमा अशिक्षा र चेतनाको कमीले पौष्टिक आहारबारे उचित जानकारी नभएको बताउँदै महिलाहरुलाई नियमित रुपमा ध्यान पुर्‍याउने उद्देश्यले कार्यक्रमलाई लागु गरिएको बताउनुभयो।

यस अवस्थामा आफ्नो र बच्चाको स्वास्थ्यलाई तन्दुरुस्त राख्नका लागि पौष्टिक आहार नियमित खान उहाँले अनुरोधसमेत गर्नुभयो । अध्यक्ष मिश्रले स्वास्थ नै सबै भन्दा ठुलो धन भएको बताउँदै सबै महिलालाई सरसफाइमा बढी ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले नियमित गर्भ जाँच, सरकारले उपलब्ध गराएको सबै प्रकारका औषधी सेवन र बच्चालाई खोप लगाउन अनुरोध गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma