Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

चुनावि तयारीका लागि राजमो वाणगंगाको भेला सम्पन्न

खुल्यो वडा ६ को चुनावी सम्पर्क कार्यालय

राष्ट्रिय जनमोर्चा बाणगंगा नगर समिति कपिलवस्तुको नगर भेला आज बाणगंगा ६ मा संम्पन्न भएको छ ।
गणतन्त्र राष्ट्रियता धर्मनिरपेक्षताको रक्षा गरौ । संघियता एमसीसी खारेज गरौ भन्ने मुख्य नाराका साथ संम्पन्न भेलामा नगरका अगुवा कार्यक्रर्ताहरुको उपस्थिति रहेको थियो ।भेलामा बोल्दै राष्ट्रिय जनमोर्चाका प्रमुख अतिथि जिल्ला अध्यक्ष दधिराम आचार्यले पार्टिको निति अनुसार प्रतिगमन का विरुद्ध गठबन्धनका पक्षमा पार्टि रहेको बताउदै आगामी चुनावी तयारीका लागि भेला आयोजना गरिएको बताउदै सम्पुणर् कार्यक्रर्ताहरुलाई तयारीमा जुटन आह्वान गरेका थिए । भेलामा किसान महासँघका केन्द्रिय उपाध्यक्ष शिव पौडेल, राजमो नगर सदस्य मुक्तिराम न्यौपाने युवा नेता विनोद परियार लगाएतले बोल्दै एमसीसी पास गराउनेहरुलाई जनताले चुनावमा प्रश्न गर्ने दिन आएको बताएका थिए । भेलाले चुनावी तयारी समिति समेत गठन गरेको छ । भेलाले नगर अध्यक्ष डबलसिंह जि.सी को संयोजकत्वमा ६९ सदस्य प्रचार प्रसार समिति गठन गरेको छ । त्यस्तै ऋषिराम शर्माको संयोजकत्वमा ७ सदस्य आर्थिक परिचालन समिति समेत गठन गरेको हो ।
भेलाले वडा नं ६ को चुवानी सम्पर्क कार्यालय समेत स्थापना गरेको छ । बागेश्वरी सामुदायिक वनमा भेला पश्चात सुठौलीमा सम्पर्क कार्यालय स्थापना गरि चुनावको तयारीमा पार्टी होमिएको राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष तथा वडा अध्यक्ष पदका उमेदवार राम प्रसाद बेल्बासे ले बताउनु भएको थियो ।भेला डबल सिंह जि सि को अध्यक्ष्तामा र रिता पाण्डेको सन्चालनमा सम्पन्न भएको थियो । भेलामा उत्साह पुर्वक आम जनताको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma