Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

कपिलवस्तुमा एकीकृत समाजवादी प्रतिको लहर बढ्दै

कपिलवस्तु-
कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ५ मा नेकपा (एकीकृत समाजवादी) ले वडा कमिटी गठन गरेको छ । मधौलीमा शनिबार भएको वडा भेलाले सुरेश पौडेल अध्यक्ष रहेको ३३ सदस्यीय वडा कमिटी गठन गरेको एकीकृत समाजवादी जिल्ला प्रचार बिभागले जनाएको छ ।
बाणगङ्गामा समाजवादी कमजोर भनिए पनि पछिल्लो समय जनताको आकर्षण बढेको छ । गत हप्ता वडा नम्बर ७ मा सृजना सुनार अध्यक्ष रहेको २३ सदस्यीय वडा कमिटी गठन भएको थियो । शनिवार भएको वडा कमिटी गठनमा बोल्दै समाजवादीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर खत्रीले बाणगङ्गामा समाजवादी प्रतिको लहर बढेको भन्दै यसलाई अझै बढाउदै लैजाने बताउनुभयो ।

दक्षिणपन्थी अवसरवादको चङ्गुलमा फसेको एमालेबाट अब कम्युनिस्ट आन्दोलन अगाडी बढ्न नसक्ने भन्दै समाजवादको लक्ष्य प्राप्तिका लागि कलम चिन्हले बिजयी हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

आगामी बैशाख ३० को निर्वाचनमा बाणगङ्गाका सबै वडामा उम्मेदवार उठाउने भन्दै गाउँ गाउँमा पुगेर जनतालाई क्रान्ति प्रति आकर्षण जगाउनुपर्ने बताउनुभयो । नगर अध्यक्ष दिपक पन्थीको अध्यक्षतामा भएको भेलामा पार्टी केन्द्रिय सदस्य मीना परियार, जिल्ला अध्यक्ष लंक बहादुर हमाल, प्रदेश कमिटी सदस्य जीवलाल पौडेल लगायतको उपस्थिति रहेको पार्टीका जिल्ला कमिटी उप सचिव तथा नगर इन्चार्ज कमल भट्टराईले जानकारी दिनुभयो ।

नगर इन्चार्ज भट्टराईका अनुसार अबको २५ गते भित्र सबै वडामा कमिटी निर्माण गर्ने बताउनुभयो । पार्टी प्रती जनताको आकर्षण बढे पनि त्यसलाई रोक्न विभिन्न शक्ति लागे पनि त्यसलाई चिरेर लाग्ने बताउनुभयो ।
समाजवादीले बाणगङ्गामा अहिलेसम्म ३ वटा वडा कमिटी गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma