Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फिर्ता

काठमाण्डौ – चिनियाँ विदेशमन्त्री एवम् राज्यपरिषद् सदस्य वाङ यी स्वेदश फिर्ता हुनुभएको छ । नेपालको त्रिदिवसीय भ्रमण सकेर उहाँ आज आइतवार दिउँसो स्वदेश फर्किनुभएको हो । वाङ यी गएको शुक्रवार नेपाल आइपुग्नुभएको थियो ।

चिनियाँ विदेश मन्त्रीलाई बिदाइ गर्न परराष्ट्र सचिव भरतराज पौड्याललगायतको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थियो ।

चिनियाँ विदेशमन्त्री वाङले आजै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शिष्टाचार भेट गर्नुभएको थियो । यस्तै आज नै उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको थियो ।

यस्तै हिजो शनिवार बेलुका वाङले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको थियो । त्यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो । त्यही क्रममा विभिन्न नौ बुँदे समझदारी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma