Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

सांसद गुप्ताद्धारा कपिलवस्तु नगरपालिका वडा नम्बर १ को कार्यालय उदघाटन

कपिलवस्तु-कपिलवस्तु नगरपालिका वडा नम्बर १ को कार्यालयको उदघाटन गरिएको छ । यस अघि नगरपालिका वडा नम्बर २ मेरी स्टाप्सको किनारमा भाडामा संचलान गर्दै आएको कार्यालय आईतावार देखि बिबिधतरुपमा आफनै भवनमा संचालन भएको हो ।

कालीमन्दिरको किनारमा यस अघि अतिथि गहृकारुपमा संचालन भएको भवनको पहिलो तल्लमा वडा कार्यालय संचालन गरिएको हो । पुर्वमन्त्री तथा सांसद बृजशे कुमार गुप्ताले रिबन काटेर वडा कार्यालयको उदघाटन गर्दै जनतालाई सरल र सुभल सेवा दिन आग्रह गरे ।

उनले जनतालाई प्रभावकारी सेवा दिनु जनप्रतिनिधिको दात्यित्व भएको बताए । सो अवसरमा प्रदेश सदस्य धरम बहादुरला श्रीवास्तवले बजार क्षेत्रमा पर्ने वडा नम्बर १ को कार्यालय आफनै भवनमा सरे पछि जनताले अब सजिलो गरी सेवा पाउने बताए । सो अवसरमा वडाध्यक्ष सुदिप पौडेलले जनतको सेवा नै आफनो प्रमुख जिम्मेवारी रहेको बताए ।

उनले कार्यकालको अन्तिम समयमा वडा कार्यालय आफनै भवनमा संचालन गर्न पाएकोमा आफुलाई निकै खुशी लागेको बताए । कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष रामभजन कलवार, ४ का अध्यक्ष रबिन्द्र प्रसाद तिवारी वडा नम्बर १२ का अध्यक्ष ओम प्रकाश पाण्डेय लगायतको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma