Home जिल्ला समाचार, समाचार विजयनगरमा पाँच दिन विद्यालय बन्द
जिल्ला समाचारसमाचार

विजयनगरमा पाँच दिन विद्यालय बन्द

कपिलवस्तु -कपिलवस्तुको विजयनगर गाउँपालिका    भित्र रहेका सबै सामुदायिक र सस्थागत विध्यालयहरु ५ दिनका लागि बन्द हुने भएका छन ।

गाउँपालिकाकाले आज एक सूचना जारी गर्दै यही चैत १४ देखि १८ गतेसम्म विद्यालयहरू बन्द हुने जनाएको छ । गत चैत्र ८ गते विजयनगर गाउँपालिकाका शिक्षा समितिको बैठकले शैािक्ष सत्र २०८९ को वर्षे विदा कट्टी गरेर अहिले विदा दिने निर्णय गरेको गाउँपालिकाका शिक्षा शाखा अधिकृत हरीहर बेल्बासेले जानकारी दिनु भयो ।

पालिका भित्रका अधिकांश विध्यालयमा अध्यापन गराउने शिक्षहरु शिक्षक सेवा आयोगको परीक्षाका लागि विद्यालय उपस्थित हुन नसक्ने भएपछि विद्यालय बन्द गर्ने निर्णय भएको अधिकृत बेल्बासेले जानकारी दिनु भयो ।

Facebook Comments Box
Shares

Author

मोफसल खबर