Developed By Kuldeep Sharma

६ महिना अगाडि

स्थानीय तह चुनावका लागि १ करोड ७७ लाख ३३ हजार मतदाता

काठमाण्डाै – निर्वाचन आयोगले आउँदाे वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा लागि मतदाता, मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लगाएको छ ।

आज आइतवार बसेको निर्वाचन आयोगको बैठकले अन्तिम नामावली टुङ्गो लगाएको हो । जसअनुसार मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३ जना रहेको छ । यसमा ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने महिला मतदाताको सङ्ख्या ८७ लाख ४१ हजार पाँच सय ३० जना रहेको छ । त्यस्तै अन्यमा एक सय ८३ जना मतदाता छन् ।

सबैभन्दा धेरै मतदाता मोरङमा सात लाख १५ हजार दुई सय २३ जना छन् भने सबैभन्दा कम मनाङमा ६ हजार चार सय ९६ मतदाता रहेको आयोगले जनाएको छ । अहिलेको चुनावमा अघिल्लो स्थानीय तहको चुनावमा भन्दा ३६ लाख ५९ हजार दुई सय ९९ जना धेरै मतदाता थपिएका छन् । २०७४ सालमा भएको चुनावमा एक करोड ४० लाख ७४ हजार चार सय ४० मतदाता थिए ।  

यसैबीच निर्वाचन आयोगले स्थानीय तह चुनावका  लागि मतदानस्थल र मतदान केन्द्रको पनि टुङ्गो लगाएको छ । आयोगका अनुसार १० हजार सात सय ५६ मतदानस्थल रहने छन् भने २१ हजार नाै सय ५५ मतदान केन्द्र रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma