Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शिवराज ४ मा रा.प्र.पाको इकाई समिती गठन

नवराज पौडेल, कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका ४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको इकाई समिती गठन गरिएको छ । मंगलबार नगर अध्यक्ष राम बहादुर रायमाझीको अध्यक्षतामा बसेको भेलाले राम मंगल केवटको अध्यक्षतामा ११ सदस्यीय इकाई समीती गठन गरेको नगर अध्यक्ष रायमाझीले जानकारी दिनुभयो ।

जसको उपाध्यक्षमा राम तिरथ लोहार,सचिवमा खेमराज न्यौपाने, कोषाध्यक्षमा नानमोहन कोरी,चयन भएका छन् । यसै गरि सदस्यमा घनश्याम धारी,रवि केवट,राज नारायण अहिर,चन्द्रिका कोरी,राम प्रसाद कोरी र नन्दलाल कोरी चयन भएका छन् ।

भेलालाई सम्बोधन गर्दै प्रदेश नम्वर ३ (क) का क्षेत्रिय अध्यक्ष गंगाराम कुर्मीले ले सनातन देखि चलिआएको धर्म, संस्कृति, परम्परा र इतिहास सम्वर्दनवादको सिद्धान्तको आधारशिला मान्दै, समय र परिस्थिति अनुरुप हुने सामाजिक, राजनितीक र राजनितिक रुपान्तरणालाई सम्वर्दनवादि उदारवादको समसामयिक धारणा राख्नु भएको थियो । भेलालाई राप्रपा जिल्ला कोषाध्यक्ष चेतनारायण खनाल, नगर अध्यक्ष राम बहादुर रायमाझी लगाएते सम्बोधन गर्दै नव इकाई समितीलाई शुभकामना दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma