Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शुद्धोनका ८२ घरधुरीलाई लालपूर्जा वितरण

कपिलवस्तु लामो समय सम्म गाउंब्लक समस्यामा रही जग्गा धनी प्रमाण पत्र नपाएका शुद्धोधन गाउँपालिका वडा नं ६ का ८२ घरधुरीलाई एक कार्यक्रमका वीच जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ ।

भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले लवनीमा आयोजित कार्यक्रममा लालपुर्जा वितरण गरिन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले वर्तमान सरकार संविधानको रक्षा गर्न र संविधानमा भएका व्यवस्था अनुसार काम गर्न बनेको बताइन् ।

साथै उनले कर्मचारीहरू र जनप्रतिनिधि मिलेर नतिजामा आधारित भएर काम गर्नु पर्ने बताइन् । सधैँ सबैलाई भ्रष्टाचारी, काम नगर्ने दलको सूचीमा राख्ने जस्ता आरोप लाग्ने र त्यसै तर्फ सबैको नजर पर्ने गर्दा धेरै उल्लेखनीय कार्य नभएको बताइन ।

साथै मन्त्री श्रेष्ठले जनतालाई तत्कालै फाइदा पुग्ने र रोजगारी सिर्जना हुने कार्यक्रमहरु बनाउने र भू उपयोगको सही तरिकाले सदुपयोग गर्न सक्ने नीति आवश्यक भएको बताइन् । कार्यक्रममा मन्त्रालयका सचिव राम प्रसाद थपलियाले जन चाहना अनुसार छिटो छरितो कर्मचारीहरू वाट सो प्रवाह र विश्वास जितेर काम गर्न आग्रह गरे ।

साथै कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अंहमद खांले विगत २०२१ साल देखीको गाउंब्लक समस्या भर्खर समस्या समाधान हुन लागेको बताए । एक गाउँ र वडा नभई १ वर्ष भरी सबै पालिका र जिल्लाबाट यो समस्या समाधान गर्न आग्रह गरे ।

साथै सुकुम्वासीका समस्या पनि सरकारले तत्काल समाधान गर्नु पर्ने बताए । कपिलवस्तुमा २०२६ साल वाट सूरु गरिएको गाउब्लक जग्गा २०२८ मा सामान्य नापी गरिएको थियो । त्यसपछि २०६५ वाट यसले निरन्तरता पाएको छ ।

हाल सम्म जिल्लामा सविकका ८१ गाविस वाट १०९३ गाउंब्लक र ६७ बजार ब्लक रहेको छ । हाल सम्म १०८६ गाउंब्ललको नापनक्सा कार्य सम्पन्न भएको छ भने २५९ वटा गाउंब्ललको ६७६८ थान पुर्जा वितरण कार्य सम्पन्न भएको जिल्ला नापी कार्यालयमा प्रमुख कैलाशनाथ पाण्डेयले बताए ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेय,गाउँपालिका उपाध्यक्ष सुधादेवी पाण्डेय, उप महानिर्देशक सुशील ढगोल , गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृत ऋषिराम पन्थी , मालपोत कार्यालय तौलिहवाका प्रमुख ऋषिराम पौडेलको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma