Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

पूर्व जिल्ला सेक्रेटरी सहित माओवादी केन्द्रमा प्रवेश

नेकपा क्रान्तिकारी माओवादीका पूर्व जिल्ला सेक्रेटरी रवीन्द्र बुढाथोकी आकाश सहितका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।कपिलवस्तुको शिवराज नगरपालिका वडा १ मा आयोजित पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमको अवसरमा जिल्ला सदस्य घनश्याम सुवेदी र राष्ट्रिय जनमोर्चाका राम बहादुर सुनार माओवादी केन्द्रमा प्रवेश गरेको वडा कमिटी अध्यक्ष नीरज मगरले बताउनुभयो । उनीहरूलाई लुम्बिनी प्रदेश सदस्य रामचन्द्र शाहले स्वागत गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला संयोजक समेत रहनुभएका शाहले आगामी निर्वाचनमा पार्टीले अत्यधिक ठाउँमा जित हासिल गर्ने बताउनुभयो ।माओवादी आन्दोलनको उपलब्धिलाई कसैले नकार्न नसक्ने बताउँदै पार्टीमा एक ढिक्का भएर लाग्न निर्देशन दिनुभयो । नगर र वडाहरूमा रहेका कमिटीलाई थप सुदृढ बनाउँदै निर्वाचनमा होमिन आग्रह गर्नुभयो । प्रदेश सदस्य सरोज खनालले सङ्घीय गणतन्त्र नेपालको परिकल्पना माओवादीको रहेकोले यसको जस माओवादीलाई जाने बताउनुभयो । सहिदहरूको बलिदानले आएको व्यवस्थाप्रति केही तत्त्वहरूले बदनाम गर्न खोजिरहेको बताउँदै जनताको साथले माओवादी केन्द्र थप मजबुत बन्ने बताउनुभयो। नेकपा माओवादी केन्द्र नगर अध्यक्ष तथा प्रदेश सदस्य दिनेश पुन, कपिलदेव खनाल,उमा विक,चुर बहादुर खड्का लगाएतले स्थानीय तह निर्वाचनमा माओवादीको जितको लागिको सबै तह तप्का वाट लाग्नुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma