Home समाचार शिवराज १ : गाउँगाउँमा विकासको लहर 
समाचार

शिवराज १ : गाउँगाउँमा विकासको लहर 

कपिलवस्तु – २०७४ सालको स्थानिय तहको निर्वाचन  पछि  गाउँगाउँमा विकास निमार्णको लहर सगैँ विकाशले फड्को मार्दै गएको छ । यस्तै शिवराज नगरपालिका वडा न १ मा पनि  विकाशका कामले  फड्को मारेको छ ।  निर्वाचन पछि वडा १ मा अध्यक्ष भएर आउनु भएका जगत बहादुर घर्ति क्षेत्रिले चुनावको बेलामा गरेका जनताको बाचालाई पुरा गदै वडा न.१मा थुप्रै बिकास निर्माणको काम गरेको बताउनु भएको छ । 

उहाले जनमुखि कार्यक्रम गदै महिला बालबालिका युवाका सवालमा रहेर शिक्षा,स्वास्थ्य खाने पानि, १४ किलोमिटर बाटो पिच लगायतका काम गरेको बताउनु भयो । आप्नो पहलमा २१ करोड लागतमा खानेपानिको निर्माण,धानखोला मन्दिर व्यवस्थापन देखि धर्मशाला निर्माण शिवराज १ मा रहेका बिभिन्न विद्यालयको कम्पाउण्ड बल्क बिछाउने काम भएको विद्यालयमा पिउने पानिको व्यबस्था प्रदेश स्वास्थ्य मन्त्रालयको सहयोगमा बिरामिको लागि सजिलो बनाउने उदेश्यले शिवपुर स्वास्थ्य चौकिमा ऐम्बुलेस ल्याउन सफल स्वास्थ्य चौकिमा कम्पाउण्ड भित्र लकिङ ब्लक,२४ घण्टे प्रसुति सेवा संचालनमा अनुदान स्यवसेविका लाई सहयोग, थारु सग्रालय निर्माण कृषि विकास तर्फ सिचाइको व्यवस्थाको लागि प्रदेश सरकार बाट २ ओटा ठुला बोरिङ,ताल तलैया संरक्षण कृषि पशु बाख्रा पानल कृषकको लागि गोठ सुधार देखि उन्नत जातका बोका बितरण बिभिन्न तालिम बेमौसमि तरकारी खेति गर्न कृषकको लागि प्रोस्हानका कार्यक्रम गरेको स्माट कृषि गाउँ बनाउन सफल भएको  बताउनु भयो ।

त्यस्तै नगरपालिका र कृषि ज्ञान केन्द्रको सहयोगमा बिभिन्न ठाउँमा टनेल गृन हाउस बनाउन सफल बनकासबासमा बाख्राको पकेट मानिने ठाउँमा सर्पोट र अब लगतै सिवपुर गाउँमा बाख्रा पानल कृषकको लागि प्रदेश कृषि सरकारको सहयोगमा रु १२ लाख बराबारको रकम २५ जना कृषकको लागि बितरण हुने  बालबालिबाको सवालमा रहेर बिभिन्न सुचक  पार गदै बालमैत्रि वडा घोषण गर्न सफल भएको वडामा सेवा ग्राहिको लागि सहज बनाउनको लागि भरायङ्र निर्माण वडामा बैठक हल निर्माण लगायतका काम गरेको अध्यक्ष घर्ति क्षेत्रिले बताउनु भयो ।

दोबाटामा विद्युतीकरण ,बनकबासमा ७ हर्ज पावर मोटर खरिद यस्तै कोरोनाको बेलामा बिभिन्न सचेतनाका कार्यक्रम गरेको लगभल ५०० घरधुरिलाइ खाध्यन्न वितरण ८५ वृद्धाको लागि प्रोस्सोहान यस्तै शिवराज १मा नै रहेको तातो पानि सुरुइ बृचको लागि केहि रकम भएको बताउदै यसको प्रचारको लागि सबैले सहयोग गरी संरक्षण गर्नु पर्न बताउनु भयो ।  प्रदेश सरकारबाट  सुरइ सिंचाइको लागि डि पि आर तयार  भएर काम हुदै शिवराज नगरपालिका योजना फुसको छानो मुक्त बनाउने अभियान अन्र्तगत वडा न.१ मा पनि १५१ घरधुरीको लागत सङकलन भएको बताउदै जनता आवस द्धारा ८ ओटो घर निर्माण भएको बताउनु भयो ।  

बिगतमा हिलाम्य सडक, खाल्टाखुल्टी परेको बाटो पैदल यात्रा गर्दा होस या मोटरसाइकल तथा साइकल लगायतका यात्रा गर्दा होस वर्षातको समयमा त हिड्नै नसकिने अवस्था थियो तेसको स्तरोन्ती गर्दै गाउँको मुहार मात्र हैन बस्ने अधिकाशं मानिसको मुहारमा समेत खुसी छाएको छ । 
वडाअध्यक्ष भन्नु हुन्छ अझै धेरै काम गर्न बाकि  छ बहुवर्ष योजनामा वडा न.३ जोड्ने रिङरोड बनाउन  धानखोला खाने पानि निर्माण ,विद्यालयमा व्यापक शैक्षिक सुधार जस्ता काममा लागि परेको बताउदै वडामा बिभिन्न समस्याको लागि उहाले जनताको लागि २४ से घन्टा समुदायमै बिताउदै आएको बताउनु भयो ।
उहाँले भन्नु हुन्छ सबै कामको निग्रानीमा सबैको साथ सहयोग पाएर काम गर्न उर्जा मिलेकोे बताउनु भयो ।

Facebook Comments Box
Shares

Author

मोफसल खबर