Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शिवराजका २१ हजार बालवालिकालाई टाइफाइट विरुद्धको खोप लगाइने

कपिलवस्तुको शिवराज नगरपालिकाका २१ हजार बालवालिकाहरुलाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । १५ महिना देखि १५ वर्ष उमेर समुहका बालवालिकाहरुलाइ २३ गते देखि खोप अभियान सुरु गरिने स्वास्थ्य शाखा प्रमुख चुरामणी भट्टराईले बताउनुभयो । सो खोप अभियानका लागी खोप व्यवस्थापन, स्वास्थ्यकर्मी परिचालन, आवश्यक सुचना सम्प्रेषण लगायतका सम्पुर्ण तयारी पुरा भएको उहाँले बताउनुभयो । विद्यालय,खोप केन्द्र स्वास्थ्य चौकि वाट खोप लगाइने उहाँले बताउनुभयो ।खोप पश्चात शरिरमा केहि समस्या देखिने भएपनि त्यसलाई सहज रुपमा लिन नगरपालिकाले आग्रह गरेको छ । सम्पुर्ण वाल खोप अभियान सहभागि भई स्वास्थ रहन आग्रह गर्नुभयो ।
दिसा मिसिएको, दुषित पानी तथा खानाका कारण लाग्ने टाइफाइड रोगबाट बच्नका लागि नेपालमा पहिलो पटक खोप सञ्चालन गर्न लागिएको हो । भारतको वायोलोजिकल ई. लिमिटेडले उत्पादन गरेको यो खोपसँगै बालबालिकाहरुमा टाइफाइड हुने सम्भावना ९६ दशमलव ९५ प्रतिशतले कमी हुने विश्व स्वास्थ्यसंगठनको अनुसन्धानले देखाएको छ । नेपालमा टाइफाइड विरुद्धको खोप पहिलो पटक प्रयोगमा ल्याउन लागिएका कारण जनताहरुलाई यस बारे जानकारी गराउने काम भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma