Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शिवराज २ मा स्वास्थ्य चौकी भवनको उदघाटन, जग्गादता पोखरेल दम्पतीलाई सम्मान

चैत २२ कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालीका २ वालापुरमा नवनिर्मीत स्वास्थ्य चौकी भवनको उदघाटन गरिएको छ । शिवराज नगरपालीकाका नगरप्रमुख नेत्रराज अधिकारी , उपप्रमुख शिवकुमारी थारु वडा अध्यक्ष रामवहादुर चौधरीले संयुतm रुपमा उदघाटन गरेका हुन ।
जग्गाको अभावमा भवन विहीन स्वास्थ्य चौकी भाडाको घरमा वस्दै आएको थियो । जग्गाको अभावमा भाडामा रहेको स्वास्थय चौकीको भवन निर्माणको लागी नेपाली कांग्रेसका नगर सभापति मधुसुदन पोखरेलले जग्गादान गरेपछि निर्माण भएको वडा अध्यक्ष रामवहादुर चौधरीले वताउनुभयो ।
पोखरेल दम्पतीको दानवाट भवन निर्माण हुन सफल भएको भन्दै नगरप्रमुख नेत्रराज अधिकारी र वडा अध्यक्ष चौधरीले जग्गादाता मधुसुदन पोखरेल र उनकी धर्म पत्नी वसन्ता वेल्वासे पोखरेललाई कदरपत्रले सम्मान गरेका छन । सम्मान पछि शिवराज नगरपालीका ५ चन्द्रौटा निवासी नेपाली कांग्रेसका नगर सभापति समेत रहेका पोखरेलले स्वास्थ्य क्षेत्रमा लगानी गर्न आफु ईच्छुक रहेको वताउनुभएको छ ।
नगरका अन्य ठांउमा समेत आफुले स्वास्थ्य संस्थाको भवन निर्माणको लागी जग्गादान गर्न चाहेको वताउनुभयो । भवनको लागी एक कठठा जग्गा उपलव्ध गराएका पोखरेलले भवन निर्माण पछि स्वास्थ्य शेवा सहज ढङगवाट वडा वासीले पाउनेमा विश्वस्त रहेको वताउनुभयो । नगरप्रमुख अधिकारीले भवनको प्रयाप्त उपयोग गरि स्वास्थ्य साम्रागीहरु थपीर्दै लैजाने वताउनुभएको छ । भवनको अभावमा शेवा प्रवाह गर्न कठिन भएको महसुस गर्दै भवन निर्माण पछि सहजता आउनेमा विश्वास लिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma