Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शिवगढी बिचार ,क्रान्ति ,सिद्धान्त ,र जनताको पक्षमा उभिने किल्ला होI पुर्व मन्त्री खनाल।।

facebook sharing button
twitter sharing button
messenger sharing button
email sharing button
sharethis sharing button
image

कपिलवस्तु 

शिवगढी बिचार ,क्रान्ति ,सिद्धान्त ,र जनताको पक्षमा उभिने किल्ला भएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश ईन्चार्ज तथा पुर्वकृषी मन्त्री चक्रपाणी खनालले बताउनु भयो ।

शुक्रवार नेकपा माओवादी केन्द्र शिवराज ९ वडा कमिटीको आयोजनामा बनियाभारमा समपन्न जन भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताउनु भएको हो ।

ad

शिवगढीकाे संघर्ष जनयुद्ध शुरु भए पछिको संघर्ष नभएर जनयुद्ध शुरु गर्नको लागी ठुलो तयारी पनि यहिबाट भएको उहाले जिकिर गर्नु भयो । शिवगढीमा युद्ध अभ्यास ,युद्ध समाग्री समेत संकलन गरेर माओवादीले जनयुद्ध गरेको पनि उहाले स्मरण गर्नु भयो ।

तत्कालीन समयमा यो स्थान माओवादीको किल्ला भएको सम्झदै अहिले सम्म पार्टी भित्र विभिन्न उतारचढाव आए पनि शिवगढीका माओवादी अलिकति पनि बिचलित नहुनुले आफुलाई गर्व लागेको उहाले बताउनु भयो ।

स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट  निर्वाचित जनप्रतिनिधिले राम्रो काम गरेर यहाको बिकास गरे पनि त्यतिले नपुग्ने नगरपालिकाले शिवगढीलाई प्राथमिकतामा राख्नुपर्ने उहाको भनाइ छ ।

अबको नारा बिकास समृद्धि र स्थिर सरकारको हुने भएकोले जनतालाई बिस्वस्त बनाउदै संविधान निर्माण पछी सबैको हक अधिकार स्थापित जनताको जीवन परिवर्तनमा लडिरहेको र लडिरहने पार्टी माओवादी भएकोले सबैलाई फेरि एक जुट हुन अपिल गर्नु भयो ।

नेकपा माओवादी केन्द्र वडा कमिटी सदस्य रामु सुनारको स्वागत मन्तव्यबाट शुरु भएको जनभेट्घाट कार्यक्रमलाई नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य चुर बहादुर खड्का ,नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य उमा बिक,लुम्बिनी प्रदेश सदस्य सुकई थारु ,लगायतले सम्बोधन गर्नु भएको थियोे ।

?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma