Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शिवराजमा एमालेलाई सकस,को को परे सिफारिसमा ?

नेकपा एमालेलाई निर्वाचनमा उम्मेदवार चयनमा सकस भएको छ । गत निर्वाचनमा सहज रुपमा उम्मेदवार छनोट गरेको एमालले आगामी हुने स्थानीय तहको निर्वाचनमा भने उम्मेदवार छनोट गर्न सहज छैन । शिवराज नगरपालिकाको मेयरमा प्रदेश सांसद समेतको नाम सिफारिस भएपछि एमालले उम्मेदवार को बनाउछन भन्ने विषयले चर्चा पाएको छ ।
वैशाख ३० को स्थानीय चुनावका लागि नेकपा एमालेबाट शिवराज नगरपालिका मेयरको उम्मेदवारका लागि ३ जनाको नाम सिफारिस भएको छ । प्रदेश सभा सदस्य अर्जुन कुमार केसी,एमाले नगर उपाध्यक्ष महादेव पोख्रेल र लोकेन्द्र पौडलको नाम सिफारिस गरेको छ । सांसद केसीको नाम सिफारिले एमाले भित्र वहस र चर्चा चलिरहेको छ ।
पार्टीले उम्मेदवार बनाएमा उनले सांसद पदवाट राजिनामा दिनुपर्ने हुन्छ । हाल रहेका मेयर नेत्रराज अधिकारीले उम्मेदवार बन्ने ईच्छा प्रकट गरेनन् । उनले उम्मेदवार सिफारिस कार्यक्रममा पार्टीका नेता कार्यक्रताले आफुलाई सहयोग नगरेको अभिव्यक्ति दिए । मन्त्व्य दिदै मेयर अधिकारी भने ‘पार्टीकै साथिहरुले मेयरको विषयमा धेरै आलोचना गर्नुभयो, अब तपाईहरु निर्वाचनमा होमिनुस म चुनाव लड्दैन,कतिपयले नगरको मेयर म हु भन्न समेत भ्याए । वैठकमा सहभागि एक नेता भन्छन ‘मेयर अधिकारी पार्टी प्रति सन्तुष्ट नभएको बुझियो । मेयर अधिकारी नेकपा एमालेको जिल्ला अध्यक्षमा समेत उम्मेदवार बनेका थिए ।
युवा व्यावसायि समेत रहेका महादेव पोख्रेलको एकल नाम सिफारिस हुने सम्भावना बढि रहेको थियो । पोख्रेलको एकल नाम सिफारिस नभएपछि पोख्रेलका समर्थकहरुले उनले टिकट पाउनुपर्ने भन्दै जिल्ला तथा केन्द्रका नेताहरुलाई आग्रह गर्न सुरु गरिसकेका छन् । पोख्रेलले गत निर्वाचन देखिनै मेयरको तयारी गरिरहेको चर्चा छ । टिकट पाउने बलियो सम्भावना बोकेका पोख्रेलले अब टिकट ल्याउन फलामको चिउरा चबउनु सरह छ । पोख्रेलका समर्थकहरुले प्रदेश सांसद पदवाट राजिनामा दिएर मेयरमा उम्मेदवार बन्नुु सरासर गलत भएको बताउछन् । सबै ठाउँमा आफुले मात्र अवसर पाउनुपर्छ भन्ने सोचलाई त्याग्नुपर्ने उनीहरुको तर्क छ् ।
प्रदेश सांसद केसीका समर्थकहरु भने केसिले पाउनुपर्ने दावि गरिरहेका छन् । प्रदेश सभा सदस्य भएर नगरको उत्कृष्ट काम गरेको भन्दै जित शुनिश्चितको लागि केसीलाई सिफारिस गरेको एक नगर कमिटि सदस्यले मोफसल खबरलाई बताए । केसी नेकपा एमालेका कपिलवस्तु उपसचिव समेत हुन ।जिल्लामा राम्रो प्रभाव रहेकोले उनले टिकट पाउने दावि गरेका छन् ।
त्यस्तै उप मेयर पदको लागि शिवकुमारी चौधरी र निशा विश्वकर्माको नाम सिफारीस गरेको छ । हाल उपमेयर समेत रहेकि चौधरीले टिकट पाउने दावि गरेकि छिन् । केपि शर्मा ओली सँग निकट रहेकी चौधरीले टिकट पाउने प्रवल सम्भावना छ । चौधरी समुदायमा भोट पाउन गत निर्वाचनमा एमालेले उम्मेदवार बनाएको चौधरी यस पटक बलियो उम्मेदवारको रुपमा देखा परेकि छिन् । यता उपमेयरमा सिफारिसमा परेकि निशा विश्वकर्मा पनि बलियो दावेदारको रुपम देखिएकि छिन । एमाले जिल्ला सचिव सिबि गहतराजकि श्रीमती समेत रहेकी विश्कर्माले गत निर्वाचनमा पनि आकांक्षा व्यक्त गरेकि थिन । लामो समय पत्रकारीता सगै सामाजिक कृयाकलापमा सहभागि हरेकी विश्वकर्माको शिवराज नगर क्षेत्रमा राम्रा प्रभाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma