Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

चुनावमा आचारसंहिता पालना भए/नभएकाेबारे प्रेस काउन्सिलले अनुगमन गर्ने

काठमाण्डाै – प्रेस काउन्सिल नेपालले आउँदै वैशाख ३० गते हुने पालिका चुनापमा आचारसंहिता पालना भए/नभएकोबारे अनुगमन गर्ने भएको छ । 

काउन्सिलले आज बुधवार विज्ञप्ति निकालेर आमसञ्चारमाध्यममा आचारसंहिता पालना भए/नभएको अनुगमन गर्नका लागि विशेष अनुगमन कार्यक्रम सञ्चालन गरेको जनाएको हो । निर्वाचन आयोगले आचारसंहिता जारी गरिसकेको अवस्थामा काउन्सिलले पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता पालना भए/नभएकोबारे अनुगमन गर्ने भएको हो ।   

चुनावका सन्दर्भमा सूचना तथा समाचार सम्प्रेषण गर्दा गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्ति सम्प्रेषण हुन सक्ने हुँदा त्यसतर्फ सञ्चारमाध्यम तथा पत्रकार सजक हुन काउन्सिलले सुझाएको छ । आचारसंहितालाई ख्याल गर्दै आ–आफ्नो सञ्चारमाध्यमबाट स्वतन्त्र भूमिका खेल्न, कुनै दल तथा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर, पक्ष र विपक्षमा समाचार सम्प्रेषण नगर्न प्रेस काउन्सिल नेपालले अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma