Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ५० करोड नाघ्यो

काठमाण्डाै – विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५० करोड नाघेको छ ।

विश्वमा पहिलो पटक सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहानमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । त्यसयता विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाबाट अहिलेसम्म ५० करोड ३० लाख ५७ हजार ८ सय ७१ जना सङ्क्रमित भएका छन् ।

वर्ल्डओमिटरकाअनुसार यो अवधिमा कोरोनका कारण ६२ लाख १७ हजार ९ सय ७७ जनाको ज्यान गएको छ भने ४५ करोड ३४ लाख ५ हजार २ सय ७२ जना सङ्क्रमित निको भएका छन् ।

वर्ल्डओमिटरकाअनुसार विश्वमा सबैभन्दा बढी कोरोना सङ्क्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा ८ करोड २२ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने त्यहाँ कोरोनाका कारण १० लाखभन्दा धेरैको ज्यान गएको छ ।

अमेरिका पछि भारतमा सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै छ । भारतमा अहिलेसम्म ४  करोड ३० लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । भारतमा कोरोनाका कारण अहिलेसम्म ५ लाख २१ हजारभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिल सबैभन्दा धेरै कोरोना सङ्क्रमित हुने देशको तेस्रो नम्बरमा छ । त्यहाँ अहिलेसम्म  ३ करोड २ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने ६ लाख ६१ हजारभन्दा धेरैको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma