Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

चुनावी गठबन्धन सम्भवत, भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँः प्रचण्ड

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा चुनावी गठबन्धनको अन्तिम टुङ्गो भोलिसम्ममा लागि सक्ने बताउनुभएको छ ।

भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उहाँले आजै बेलुकासम्ममा खाका तयार हुने बताउनु भएको हो । उहाँले भन्नुभयो, आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ ।

चुनावका समयमा एउटै पार्टीभित्र समेत विवाद, बहस हुने जनाउँदै उहाँले दलकाबीचमा सहमति हुन समय लाग्नु स्वाभाविक रहेको बताउनुभयो । उहाँले फरक प्रसङ्गमा भरतपुर महानगरका विषयमा पनि छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, केही समस्या हुँदैन सबै टुङ्गिन्छ, आरामसँग टुङ्गिन्छ । पालिका चुनावका लागि उम्मेदवारी सम्बन्धमा गठबन्धनभित्र सकारात्मक छलफल भइरहेको उहाँले बताउनु भयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma