Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

आयोग भन्छ–चुनावका लागि वैदेशिक सहयोगको संकेत आएन

काठमाडौं – निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका लागि वैदेशिक सहयोग प्राप्त नभएको बताएको छ ।

सोमबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो बताएका हुन् ।

पत्रकारहरुले वैदेशिक साहायता के कस्तो प्राप्त भयो भनी प्रश्न गरेका थिए । जवाफमा उनले आयोगले सहयोगका लागि आह्वान गरेको तर, हालसम्म सहयोगको कुनै आश्वासन वा संकेत प्राप्त नभएको जानकारी दिए ।

‘आयोगले अर्थमन्त्रालयसँगको समन्वयमा सबै दाताहरुसँग जुम मिटिङ गरेको थियो । जुम मिटिङमा त्यति उत्साहजनक प्रतिबद्धता प्राप्त भएन’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma