Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

जो दोहोरिन चाहेनन्

                

कपिलवस्तुको शिवराज नगरपालिका वडा न ९ का अध्यक्ष चुर बहादुर खड्का(जिवन)ले स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवारी नदिने भएका छन् ।
पाँच वर्ष सम्म लोकप्रिय काम गरेर चर्चा कमाएका खड्काले निर्वाचनमा पुस्ता हस्तान्तरण गर्नुपर्नेमा जोड दिदै आएका छन् । सरल स्वभावका उनीले आफुले पाँच वर्षको अवधिमा उल्लेखनिय काम गरेको र अब नया व्यक्तिले नेतृत्व लिएर वडाको विकास गर्ने बताउनुभयो । खड्काले वडा सदस्य रहेका रामगोपाल चौधरीलाई वडा अध्यक्षमा सहयोग गर्ने बुझिएको छ ।
मैले सक्दो विकासको काम गरेको छु वडा वासिको सेवामा पदमा नभएपनि तत्पर रहनेछु खड्काले भन्नुभयो सधै एउटै व्यक्तिले ईच्छा प्रकट गर्नु गलत हो अब युवा व्यक्तिलाई नेतृत्व दिनुपर्छ ।
वडाले पाँच वर्षको अवधिमा शिक्षा,स्वास्थ्य,कृषि लगाएत धेरै विषयलाई प्राथमिकता दिएर विकासका कामहरु गरेको बताउनुभयो । विकट शिवगढीलाई सुगम शिवगढीको रुपमा विकास गरेको बताउँदै आगामी दिनमा पनि शिवगढीको विकासले तिव्रता पाउनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma