Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

भिल्ला रियललाई हराउँदै लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा

लिभरपुल यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । आज बिहान भएको सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलले स्पेनिस क्लब भिल्ला रियललाई ३–२ गोलले हराएको हो ।

भिल्ला रियलको घरेलु मैदानमा पहिलो हाफमा डीया र कोकिलिनले एक/एक गोल गरेपछि लिभरपुल पछि परेको थियो । दुई गोलले पछि परेको अवस्थामा लिभरपुलले दोस्रो हाफमा पुनरागमन जित निकालेको हो । लिभरपुलका फर्बिन्हो, लुइस डियाज र साडियो मानेले एक÷एक गोल गरे । खेलको ८५ मिनेटमा भिल्लारियल १० खेलाडीमा सिमित भएको थियो । उसका कापोइ दोहोरो पहँलो कार्ड पाएर बाहिरिएका थिए ।

पहिलो लेगमा लिभरपुलले घरेलु मैदानमा २–० को जित निकालेको थियो । समग्रमा लिभरपुल ५–२ गोलको अग्रतासहित फाइनलमा पुगेको छ । अब लिभरपुलले उपाधिका लागि रियल मड्रिड र म्यानचेस्टर सिटी बिचको विजेतासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma