Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

महाराजगंजमा उम्मेदवारको निधन पश्चात फेरियो तालिका,जेठ ३ गते निर्वाचन हुने

कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा जेठ ३ गते स्थानीय तहको निर्वाचन हुने भएको छ । पूर्व निर्धारित वैशाख ३० गते हुने भनिएको स्थानीय तह निर्वाचनमा उम्मेदवारको मृत्यु भएपछि निर्वाचनको मिति सारिएको निर्वाचन अधिकृत कुवेर पाण्डेले बताउनुभयो ।
महाराजगन्ज नगरपालिकामा नेपाली काँग्रेस वाट उपप्रमुख पदमा उम्मेदवारी दिएकी शुभावती कुर्मीको निधन भएको हो । कुर्मीको निधन पश्चात् निर्वाचन अधिकृतको कार्यालयले नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
वैशाख २८ गते मनोनयन दर्ता देखी उजुरी उपर जाँच बुझ गर्ने सम्मको समय दिइएको छ भने २९ गते अन्तिम नामावली प्रकाशन गरी जेठ ३ गते मतदान गरिने बताइएको छ । निर्वाचन कार्यक्रम नेपाली काँग्रेसको उपप्रमुख पदको लागि मात्र लागुहुने छ भने मतदान भने सबैमा लागु हुने निर्वाचन अधिकृत पाण्डेले बताउनुभयो ।निधन भएकी कुर्मी सोहि नगरपालिकाकी निवर्तमान उपप्रमुख हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma