Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

कपिलवस्तुको विजयनगरमा मतगणना रोकियो


दिपक के.सी.
जेठ , २
कपिलवस्तुको विजयनगर गाउँपालिकामा वडा नं. २ को मत गणना गर्ने क्रममा विवाद भए पछि भएपछि आइतबारबाट मत गणना रोकिएको छ ।
गाउँपालिकाको वडा नं. २ को मत गणनाको क्रममा विवाद भएपछि मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी सहितको टोलीले मतगणना स्थल अनुगमन समेत गरेको छ । मुख्य निर्वाचन अधिकृत तेजेन्द्र शर्माले राजनैतिक दलहरुलाई विवाद समाधान गरी पुन गणना सुरु गर्ने वातावरण बनाउन आग्रह गरे पनि दलहरुले भने गाउँपालिकाको सबै वडाहरुमा पुन निर्वाचन गराउन माग गरेका छन ।
यता मुख्य निर्वाचन अधिकृत शर्माले पुन निर्वाचन गराउने अधिकार आफूलाई नभएकोले सर्व दलिय बैठकले पुन निर्वाचनको निर्णय सहितको माग गरे सो बमोजिम निर्वाचन आयोगमा पठाउने बताउनु भयो । मतदान प्रकृया भइसकेको अवस्थामा अव पुन मतदान नभइ मत गणनामा जहाँबाट विवाद शुरु भएको हो त्यहीबाट पुन गणना सुरु गर्न सकिने बताउनु भयो । पुनःनिर्वाचनका लागी कानुनी आधार पुग्नु पर्छ र त्यसको लागि निर्वाचन आयोगले जे निर्णय गर्छ त्यहि हुने शर्माले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma