Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

खाद्यान्न, तरकारी र फलफूलको आयात ३० प्रतिशतले घटाइने

काठमाडौँ  अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रम जारी छ ।

संघीय संसद्मा जारी बजेट भाषणका क्रममा अर्थमन्त्री शर्माले धान, मकै, गहुँ, तरकारी र फलफूलको आयात ३० प्रतिशतले कम गर्ने योजना घोषणा गरेका छन् ।

अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गर्दै नगदे बाली खेतीलाई प्रोत्साहन गरिने घोषणा गरेका हुन् । अर्थमन्त्रीले आगामी ५ वर्षभित्र व्यापार सन्तुलन गर्ने, भूमिहिनलाई ३ वर्षभित्र भूमि उपलब्ध गराउने घोषणा समेत गरेका छन् । उनको बजेट भाषण चलिरहेको छ ।

हिजो प्रतिनिधि सभाले सरकारका नीति तथा कार्यक्रम पारित गरेपछि आइतबार अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । ४ बजेबाट अर्थमन्त्रीले संसद्मा सम्बोधन सुरु गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma