Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

संविधान अनुसार स्थानीय तहले ल्याए आगामी आर्थिक बर्षको लागि बजेट

संबैधानिक व्यवस्था अनुसार स्थानीय तहहरूले आज आगामी आर्थिक बर्षको लागि बजेट सार्वजनिक गरेका छन् । ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख रूपैयाँको बजेट ल्याएको छ ।ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९÷८०को नीति तथा कार्यक्रमपछि बजेट आएको हो ।

ललितपुर महानगरले कल सेन्टर चलाउने नीति तथा बजेटमा रहेको छ । यस्तै महानगरपालिकाबाट कालोपत्रे भएको भएका सडकहरू कम्तिमा २ वर्षसम्म खन्न स्वीकृती नदिने पनि बताएको छ । यस्तै ललितपुर महानगरपालिकाले उपभोक्ता समितिबाट निर्माण गराउँदा विश्व सम्पदा सूचीमा परेका बाहेक अन्य सबै योजनामा लागत जनसहभागिता १० प्रतिशत अनिवार्य गरिने नीतिमा लिइएको छ ।


यस्तै,चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि ५ अर्व ७४ करोड ४२ लाख ५६ हजारको बजेट सार्वजनिक गरेको छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले पेश गरेको बजेटमा आन्तरिक आय १ अर्व ५० करोड, अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट १ अर्व ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेशको राजश्व बाँडफाँटबाट ५३ करोड ३१ लाख २७ हजार प्राप्त हुने अनुमान छ । यस्तै जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात १ अर्व ३० करोड, मर्मत सम्भार कोषबाट ४ करोड सडक बोर्ड नेपालबाट ३ करोड, जिल्ला समन्वय समितिबाट ५ करोड आउने प्रक्षेपण महानगरले गरेको छ ।

महानगरपालिकाले निर्माण सम्पन्न हुन नसकेका र भुक्तानी बाँकी रहेका तथा क्रमागत योजनाहरुका लागि १ अर्व ३० करोड बजेट विनियोजन गरेको छ । महानगरका २९ वटा वडालाई सम्वन्धित वडाबाट नै कार्यान्वयन हुने कार्यक्रमका लागि हरेक वडालाई २ करोड ५० लाखका दरले ७२ करोड ५० लाख बजेट विनियोजन भएको छ ।

यस्तै शिक्षाका पूर्वाधार तथा दक्षता अभिवृद्धिका लागि १३ करोड, नियमित मर्मत संम्भारका लागि ८ करोड, विभिन्न स्वास्थ्य कार्यक्रम तथा नीति कार्यान्वयनका लागि ७ करोड, मासिक ७ हजार लिटर खानेपानी निशुल्क उपलब्ध गराए वापत खानेपानी बोर्डलाई भुक्तानी दिन ३ करोड रूपैयाँ विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma