मोफसल खबर
कपिलवस्तुको शिवराज नगरपालिका ०५ चन्द्रौटामा चोरी भएको छ ।गएराती चन्द्रौटाको फपुरी बोर्डिङ नजिकै घरमा रोकिराखेको ट्याक्टरको पार्ट्स र टुल बक्समा भएका मेसिनरी समान चोरी भएको हो । चन्द्रौटा निवासी अर्जुन बेल्बासेको लु४ प ५५७९ नम्बरको ट्याक्टरको टुल्स बक्स र पार्टस चोरी भएको बताइएको छ । चन्द्रौटाको सो टोलमा चोरी घटना बढेपछी स्थानिय त्रसित भएका छ्न । गएको कार्तिक महिना समेत तिहारको बेला स्थानीय २ घरमा चोरहरुले घर फोडेर चोरी गरेका थिए ।
प्रतिक्रिया