Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

उधोग वाणिज्य संघ चन्द्रौटाद्धारा नव निर्वाचीत जनप्रतिनिधिलाई वधाई

चन्द्रौटा उधोग वाणिज्य संघ चन्द्रौटाले कपिलवस्तु निर्वाचन क्षेत्र न ३ वाट निर्वाचीत जनप्रतिनिधिलाई सम्मान एवंम वधाई ज्ञापन गरेको छ । संघको कार्यालय चन्द्रौटामा नवनिर्वाचीत प्रतिनिधि सभा सदस्य मंगल प्रसाद गुप्ता , प्रदेश शभा सदस्य अर्जुन कुमार केशि र जानकी प्रसाद यादवलाई सफल कार्याकालको सुभकामना व्यतm गरेको हो ।
चन्द्रौटा उधोग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डे र महासंघका केन्द्रीय सदस्य जमसेर अली मिंयाले खादा , माला र सम्मान पत्र सहित सम्मान गर्नुभएको हो । अध्यक्ष पाण्डेले व्यवसायिहरु डुव्ने स्थीतीमा रहेको भन्दै आर्थिक तरलतालाई सुधार गर्ने खालका काम गर्नुपर्ने वताउनुभएको छ ।
राष्ट्र वैंकको निति र वैंकहरुको चर्को व्याजदरको कारण आर्थिक अवश्था चिन्ताजनक अवश्थामा रहेकाले नंया जनप्रतिनिधिले सुधारका योजना ल्याउनुपर्नेमा जोड दिनुभयो । प्रतिनिधि सभा सदस्य मंगल प्रसाद गुप्ताले व्यवसायिको समस्या प्रति आफु जानकार रहेकाले व्यवसायिको समस्या समाधानको लागी आवाज उठाउने वताउनुभयो । कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष , पारसमणी पाण्डेको स्वागत र महासचिव राजकुमार क्षेत्रीको संचालनमा सम्पन्न भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma