Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

कपिलवस्तुमा दृष्टि विहिनताको अवश्था डरलाग्दो,जिल्लाको शिवराजमा सवै भन्दा वढि आंखाको विरामी

कृष्ण गैरे , २७ मंसिर
कपिलवस्तुमा दृष्टि विहिनताको अवश्था डरलाग्दो देखिएको छ । कपिलवस्तु जिल्लाको दश ओटा पालिका गरिएको जांचवाट आंखाको विरामी संख्यामा वृद्धी देखिएको हो । नेपाल नेत्र ज्योती संघ आंखा स्वास्थ्य कार्याक्रम राप्ती तथा वहादुरगंजले मंगलवार शिवपुरमा पत्रकार सम्मेलनको आयोजना गरि कपिलवस्तु जिल्लामा आंखाको विरामीहरुको स्थीतीको वारेमा तथ्याङ सार्वजनीक गरेको हो ।
जिल्लामा शिवराज नगरपालिकामा सवै भन्दा वढि आंखाको विरामीहरु रहेको वताईएको छ । शिवराजमा १ हजार ६ सय ७९ जना आंखाको विरामी रहेको तथ्याङमा देखाइएको छ । यस्तै वाणगंगा नगरपालिकामा १ हजार ६ सय २४ जना , वुद्धभुमी नगरपालिकामा १ हजार ४ सय २९ , कृष्णनगर नगरपालिकामा १ हजार ३ सय ७८ , महराजगंज नगरपालिकामा १ हजार २ सय ६ जना आंखाको विरामी रहेको वताईएको छ ।
यस्तै जिल्लाको मायादेवी गांउपालिकामा १ हजार ६१ जना , सुद्धोधन गांउपालिकामा ९ सय ९४ , यसोधरा गांउपालिकामा ८ सय १३ , र विजयनगर गांउपाललिकामा ८ सय १३ जना आंखाका विरामीको पहिचान भएको नेपाल नेत्र ज्योती संघ आंखा स्वास्थ्य कार्याक्रम राप्ती तथा वहादुरगंजका प्रमुख प्रसासक समसेर थापाले जानकारी दिनुभयो ।
प्रशासक थापाले विभिन्न समयमा गरिएको जांचवाट विरामीको तथ्याङ प्राप्त भएको जानकारी दिनुभयो । उहांले सवै विरामीको शलक्रियावाट उपचार गनुपर्ने समेत वताउनुभएको छ । पालिकास्तरमा विरामीहरको उपचारको लागी सहयोगको याचाना गरिरहेको समेत वताउनुभयो । अस्पतालले पालिकाहरुको सहयोगमा निशुल्क उपचार गर्दे आएको समेत वताउनुभएको छ । उहांले आखांको हेरचाह र सरसफाई विशेष ध्यान पुराउन समेत आग्रह गर्नुभएको छ ।
यस्तै छन्दकाले वावु नारायणी आंखा अस्पताल वहादुरगंजका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले अस्पाताले स्थापनाकाल देखि आज सम्म ९ लाख ३० हजार ६ सय २२ जनाको ओपीडी परीक्षण गरिएको र १ लाख २३ हजार ७ सय ८ जनाको शल्यक्रिया गरिएको जानकारी दिनुभयो । उहांले वजेटको अभावमा उपकरण खरिद उपचारमा समस्या शिर्जना भईरहेको समेत वताउनुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma