Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

२२”औ सुर्यमुखी कप शुरु महिला पुरुष गरि ३० समूहले खेल्ने ।।

कपिलवस्तु २२ औ सुर्यमुखी कप २०७९ शुरु भएको छ । शुक्रबार सुर्यमुखीको खेल मैदान पर्तापुरमा नेपाली काग्रेस जिल्ला उपसभापति हुमाकान्त खनालले रिवन काटेर  प्रतियोगिताको उट्घाटन गर्नु भएको हो ।”बिकास र परिवर्तनको लागि युवा अघि सरौ खेल संग संगै शिवगढीलाई पर्यटकिय स्थलको रुपमा बिकास गरौं भन्ने मुल नारा सहित सुर्यमुखी युवा क्लबले यस प्रतियोगितालाई निरन्तरता दिदै आएको छ ।प्रतियोगिताको माध्यमबाट पर्यटकिय तथा धार्मिक स्थल शिवगढी ऐतिहासिक शिवगढी किल्ला कृष्ण मन्दिरको प्रचारप्रसार समेत जोड दिदै आएको छ ।

कपिलवस्तुको भौगोलिक बनावट हेर्न हो भने सुगम मानिने, पुर्वाधारका हिसाबले दुर्गम मानिने शिवाराज ९ लाई सबैले सौतेलो नजरले हेरेको प्रमुख अतिथि हुमाकान्त खनालले बताउनु भयो । पौष २२ गते सुर्यमुखी युवा क्लबको खेल मैदान पर्तापुरमामा आयोजित २२ औ सुर्यमुखी कपको उट्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

शिवगढीको समृद्धि र बिकासका लागी आफू सदैव सहयोगका लागि तयार रहेको बताउदै यस क्षेत्रको बिकाशका लागी योग्य जनभावना बुझ्ने नेताको आवश्यक रहेको उहाको भनाई छ ।

सुर्यमुखेले २२ औ शृङ्खलाको आयोजना गर्दै गर्दा दुई दशक पूरा गरेको जस्तो आफुलाई नलागेको युवा नेता मिर्जा रासिद बेगले बताउनु भयो ।

हेर्दा सबै राम्रो देखिए पनि पुर्वाधारका हिसाबले हेर्दा कमजोर देखिएको बेगको भनाइ छ । बोल्ने मात्र सिन्को नभाच्ने नेताहरुको बिश्वास गर्दा यस्तो नियति भोग्नु परेको  बताउदै आफुले सक्ने ठाउमा यस क्षेत्रको बिकासका लागि पहल र सहयोग रहने उहाको भनाई छ ।

प्रतियोगिताको बिजेताले ५३ हजार ५ सय ५० उपबिजेताले २७ हजार ५ सय ५० पाउने र तेस्रो महिला फुटबल तथा रमाइला खेलमा सहभागी भइ बिजयी हुने समुहलाई क्लबले विभिन्न नगद पुरस्कारले सम्मान गर्ने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा स्थानीय राजनीतिक दलको प्रतिनिधि ,समाजसेवी ,सस्थाका प्रतिनिधि ,सुरक्षाकर्मी, लगायतका उपस्थितिमा सम्पन्न भएको हो ।

पौष २३ गते शनिबार पुरुष तर्फ दुई र महिला तर्फ १ प्रतिस्पर्धा हुने पनि आयोजकले जानकारी दिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma