Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

सुर्यमुखी कपको च्याम्पियन बन्यो सुर्योदय र डिबाईन टेम्पल ।।

कपिलवस्तु -शिवगढीमा भएको २२ औ सुर्यमुखी कपको च्याम्पियन पुरुषतर्फ सुर्योदय युवा क्लब करहिया र महिला तर्फ डिबाईन टेम्पल एकेडेमी तुलसीपुर च्यम्पियन बनेको छ ।सुर्यमुखीको खेलमैदान पर्तापुरमा भएको फाईनलमा ३ पटक बिजेता बनेको शिवशक्ती युवा क्लब शिवपुरलाई ० को बिरुद्ध २ गोल गरेर सुर्योदयले उपाधी कब्जा गरेको हो ।

महिलातर्फ साईनिङ स्टार युवा क्लबलाई ० को विरुद्ध ५ गोल गरेर डिबाईन टेम्पल एकेडेमी तुलसीपुर च्याम्पियन बन्दा आयोजक सुर्यमुखीले तेस्रो स्थानमा चित्त बुजाएकाे छ ।
११ बजे बाट शुरु भएको तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा ग्रीन भिजनलाई ० को बिरुद्ध २ गोल गरेर आयोजक तेस्रो बनेको हो ।

दोस्रो खेलमा शुरूवात देखि नै साईनिङ स्टार विरुद्ध दवाब बनाएकाे डिबाईन टेम्पल एकेडेमी तुलसीपुरले पहिलो हाफमा ४ र दोस्रो हाफमा १ गर्दै उपाधि चुमेको हो ।
२ बजे देखि शुरु भएको पुरुषतर्फको फाईनल शिवशक्ती शिवपुर र सुर्योदय युवा क्लब करहिया बिच भएको थियोे ।उक्त खेलमा शिवशक्ती युवा क्लबलाई ० को बिरुद्ध २ गोल गरेर सुर्योदयले उपाधी चुमेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma