Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

एसियन आमन्त्रित कराते प्रतियोगितामा सहभागी खेलाडीलाई वडाको सम्मान ।।

कपिलवस्तु – एसियन आमन्त्रित कराते प्रतियोगिता सहभागी खेलाडीलाई वडाले सम्मान गरेको छ ।
सोमबार शिवराज नगरपालिका वडा ९ को कार्यलयमा एक कार्यक्रमको आयोजना गरि भारत आसाम को ग्वाटि नेहरु रंगशाला मा मिति २०२३ जनवरी ८ तरिक मा सम्पन्न पाँचौ साउथ एसियन आमन्त्रित कराते प्रतियोतामा सहभागी भई विभिन्न पदक जितेका बुद्दशक्ति कराते डाेजोका खेलाडि तथा प्रशिक्षकलाई सम्मान गरेको हो ।
उक्त खेल मा बुद्धशक्ति डाेजो का खेलाडी हरु ले ८ स्वर्ण ४ कास्य तीन रजत पदक जितेका थिए ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य दिनेश पुनले नगरले खेल क्षेत्रलाई सौतेनी नजरले हेरेको बताउनु भयो ।
खेल क्षेत्रले प्रशिक्षण ,र प्रतिस्पर्धाको दौरान चरम आर्थिक संकट झेल्नु परिरहेको छ खेल क्षेत्रलाई नगरले देखेर पनि नदेखे झै गरिरहे खेल क्षेत्र संकटमा पर्ने पुनको भनाई छ
पछिल्लो समय युवाहरुले गलत बाटो रोज्दा खेलले मात्र स्वस्थ र योग्य युवा उत्पादन गर्ने भएकोले खेल क्षेत्रको नगर संरक्षक बन्नु पर्ने उहाले बताउनु भयो ।
वडाले सम्मान स्वरूप बुद्दशक्ति कराते डाेजोलाई किक प्याड ,५ जोडी ,ग्लोबस १० पिस सहयोग गरेको छ कार्यक्रममा पुर्व वडा अध्यक्ष चुर बहादुर खड्का ,अध्यक्ष राम गोपाल चौधरी, स्थानीय खेलाडी ,समाजसेवीहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma