Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

घरमा शौचालय नबनाउने कर्मचारीलाई कारबाहि

मोफसल खबर
माघ ४
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. ७ का अध्यक्ष दिनेश चौधरीले वडा अन्तर्गतमा रहेका घरमा शौचालय नबनाएका कर्मचारीहरुलाई कारबाहि गर्नु भएको छ ।
स्वच्छ सफा वडा अभियान अन्तर्गत घरमा शौचालय नबनाएका ४ जना कर्मचारीहरुलाई कार्वाहि गरिएको वडा अध्यक्ष चौधरीले बताउनु भयो । वडामा सरसफाई लागु भईुकेकोले वडामा बसोबास गर्ने कर्मचारीहरुलाई बारम्बार घरमा शौचालय बनाउन अनुरोध गर्दा समेत अटेर गरेपछि विभागिय कारवाहिका लागि गाउँपालिकामा सिफारिस गरिएको वडा अध्यक्ष चौधरीले बताउनु भयो ।
शौचालय नबनाएरको भएर कार्वाहि पर्नेहरुमा कृषि विकास शाखा विजयनगरमा कार्यरत संजय कुमार गुप्ता तेली, तारा माध्यमिक विद्यालय मगरघट्टामा विजयनगर वडा नं. २ मा कार्यरत जगनारायण गुप्ता तेली, जनज्योति आधारभूत विद्यालय ढोढरीमा कार्यरतम मुस्लीम मुसलमान, र नाली जाम गरी सडक फोहोर गरेका विजयनगर गाउँपालिका वडा नं. ३ का वडा कार्यालय सहयोगी दयाराम लोनियलाई विभागिय कारवाहिको सिफारिस गरिएको अध्यक्ष चौधरीले बताउनु भयो ।
गाउँपालिकाले कारबार्हि सिफारिसमा परेकाहरुलाई कार्यालयमा बोलाई स्पष्टिकरण लिई कारवाहि प्रक्रिया अघि बढाइने गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनु भयो । वडा नं. ७ ले सुरु गरेको सरसफाई अभियान अब पालिकाका अन्य वडामा पनि संचालन गरिने अध्यक्ष थापाले बताउनु भयो । कर्मचारीले नै शौचालय बनाउन अटेर गर्नु ,कर्मचारी कै घरमा शौचालय नहुनु लज्जास्पद भएको समेत उहाँले बताउनु भयो । साथै पहिलो पटक कारबार्हिको सिफारिसमा परेका कर्मचारीले अटेर गरी अझै घरमा शौचालय नबनाए उनीहरुको तलब कट्टा गरि शौचालय बनाइदिने अध्यक्ष थापाले बताउन् भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma