Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

प्रतिनिधिसभाकाे उपसभामुखमा इन्दिरा राना निर्वाचित

काठमाण्डाै – प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभामा आज भएको मत विभाजनमा राना १ सय ६६ मतसहित विजयी हुनुभएको हो ।

उहाँको विपक्ष अर्थात् नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी मुक्ताकुमारी यादवको पक्षमा ९७ मत परेको छ ।  एकजना सांसद तटस्थ बसेका छन् । आजको मतदानमा २ सय ६४ जना सांसद सहभागी थिए ।

इन्दिरा राना मगरको प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम तथा समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा  र राप्रपाका राजेन्द्र लिङ्देन हुनुहुन्थ्याे । यस्तै मुक्ताकुमारी यादवको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल रहनुभएकाे थियाे ।

सन् २०१७ मा बीबीसीकाे १०० प्रभावशाली तथा प्रेरणादायी महिलाको सूचीमा  अटाउनुभएकी इन्दिराले देशका विभिन्न जिल्लामा कैदीबन्दीका रूपमा रहेका आमाबुवाका छोराछोरीको लालनपालन तथा शिक्षामा सहयोग गर्दै आउनुभएकाे छ । उहाँ आफैले सन् २००० मा स्थापना गर्नुभएकाे बन्दी सहायता नेपाल नामक संस्थाले त्यस्ता बालबालिकाहरुकाे अधिकारकाे लागि लड्दै आएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma